काठमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

साउदी र श्रीलङ्कामा अलपत्र नेपालीलाई तत्काल ल्याउन प्रधानमन्त्रीको निर्देशन

२४ श्रावण २०७३, सोमबार ०७:४३

काठमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातावरण निर्माण गर्न निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री दाहालले आज परराष्ट्र सचिव शङ्करदास बैरागीलाई टेलिफोन गरी नेपाली नागरिक विदेशमा अलपत्र पर्नु स्वभाविक नभएको र नेपालीले कुनै पनि रुपमा दुःख पाउन नहुने भन्दै तत्काल स्वदेश फर्काउन निर्देशन दिनुभएको हो । 

प्रधानमन्त्रीले निर्देशनमा भन्नुभयो, ‘‘साउदी अरबमा सयौँ नेपाली र श्रीलङ्कामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ । यथार्थ बुझेर तुरुन्तै उनीहरुलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस् ।’’ 

प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशीघ्र उनीहरुलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन पनि निर्देशन दिनुभएको हो । 

साउदी अरब र श्रीलङ्कामा दर्जनौं नेपाली अलपत्र परेको, उनीहरु भोकभोकै रहनु परेको र सामान्य मानवीय सेवासमेत प्राप्त नभएको भन्ने गुनासो आएपछि प्रधानमन्त्रीले उनीहरुलाई फर्काउन चासो लिनुभएको हो । 

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले विश्वका कुनै पनि मुलुकमा नेपाली नागरिकले दुःख पाउनु कुनै हालतमा पनि क्षम्य नभएकाले तत्काल फिर्ता गराउन वा समस्याको समाधान गर्न निर्देशन दिनुभएको छ । 

जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्वयन गर्ने बताउनुभयो । सचिव बैरागीले प्रधानमन्त्रीको निर्देशनलगत्तै सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास र सम्बद्ध अधिकारीलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार