२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ई–पासपोर्ट आउँदैछ, एम आर पासपोर्ट बनाउन हतार नगरौं : विभाग

२०७७, १९ चैत्र बिहीबार ०६:५४

चैत्र १९, काठमाडौं । राहदानी विभागले निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी हुने भन्दै राहदानी बनाउन स्वदेश तथा विदेशमा रहेका कामदारहरुलाई हतार नगर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले हालको मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन अनुरोध गरेको हो ।

विभागले आफ्नो वेबसाइटमा राखेको सूचनामा चालक अनुमतिपत्र जस्तै वहाल अवधि बाँकी हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभई नयाँ नै बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै दस्तुर नलाग्ने र आवश्यक परेको बखत जुनसुकै समयमा बनाउन सकिने भन्दै हतार नगर्न आग्रह गरेको छ ।

राहदानी ऐन २०७६ को दफा १२ र १४ मा राहदानीको वहाल रहने म्याद एक वर्ष भन्दा कम अवधि बाँकी रहेको अवस्थामा मात्र साधारण नयाँ राहदानीको लागि आवेदन गर्न सकिने प्रावधान रहेको स्मरण गराउँदै विभागले एक वर्ष भन्दा बढी वहाल अवधि रहेको राहदानीको नवीकरण हुन नसक्ने बताएको छ ।

विभागले विदेशमा रहँदा राहदानी वहाल रहने अवधि समाप्त हुन लागेमा विदेशस्थित नेपाली दूतावासमा आवेदन गर्न सकिने र नयाँ राहदानीमा पुरानो राहदानीमा रहेको श्रम र भिसाको वहाल अवधि मान्य हुने बताएको छ । विभागले कुनै एक देशमा काम गरिसकेको राहदानी वाहक कामदार स्वदेश फर्की फेरि अर्को देशमा जानको लागि प्रक्रिया शुरु गर्न नयाँ राहदानी बनाउनु नपर्ने, वहाल रहने अवधि बाँकी रहेको पुरानै राहदानीबाट भिसा, श्रम स्वीकृति लिई नयँ देशमा जान सकिने बताएको छ ।

त्यसैगरी पुरानै राहदानीबाट भिसाका लागि आवेदन गर्दा सम्बन्धित व्यक्तिको यसअघिको यात्रा विवरण (ट्राभल हिस्ट्री), भिसा स्वीकृति विवरण लगायत देखिने भन्दै विभागले त्यसले विदेशका सम्बन्धित निकाय अर्थात अध्यागमन कार्यालयहरुलाई आधिकारिकता पहिचान गर्न समेत थप सहज हुने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस