२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा रहेका युवाको कथामा आधारित ‘सनैया’ पुस्तक सार्वजनिक

२०७७, २१ चैत्र शनिबार ११:२७

चैत्र २१, काठमाडौँ । पत्रकार होम कार्कीले लेखेको पुस्तक ‘सनैया’ सार्वजनिक भएको छ । खाडी मुलुकमा सुन्दर जीवनको खोजी गर्न जाने नेपाली युवाहरुको समेटिएको ‘सनैया’पुस्तकको शनिबार विमोचन गरिएको हो।

उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिस छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन्। कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरूको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । यिनै नेपाली युवालाई अरबको गर्मीमा पछ्याउँदै पत्रकार होम कार्कीले लेखेको पुस्तक हो ‘सनैया’।


कार्की एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरूको रिपोर्टिङमा संलग्न छन्। त्यस क्रममा चार वर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ। कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुबेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए। यो किताब उनले खाडी क्षेत्रमा कार्यरत पाँच सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो।

‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीको कथा भन्न सकिन्छ। आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवनगाथा हो यो पुस्तक। देश बनाउन परदेश हिँड्ने श्रमजीवीको कथा हो ‘सनैया’। जसले अरबका चोक–चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेका जीवनको कथा पनि हो, ‘सनैया’। 

किताब पब्लिसर्सले प्रकाशन गरेको पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरूको उत्पीडन र संघर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु