२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा ज्यान गुमाएका एकै दिन १२ श्रमिकको शव स्वदेश

२०७७, २२ चैत्र आईतवार ०८:४६

चैत २२, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव स्वदेश ल्याइएको छ  । आइतबार एकै दिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्स मार्फत स्वदेश ल्याइएको हो । 

आइतबार ल्याइएका शव मध्ये महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादुर लुङ्गेली मगर, सर्लाहीका चन्द्र कुमार साह, गोर्खाका मेघ बहादुर कुँवर तथा सूर्य विकको रहेको छ ।

यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्य बहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्र प्रसाद मेहता, बाग्लुङका चन्द्र बहादुर विक, बाँकेका विनय कहर तथा झापाका उज्वल भुजेलको शव आइतवार मलेसियाबाट आउने गरी क्वालालम्पुर स्थित नेपाली दूतावासबाट सूचि प्राप्त भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यसैबिच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई शव बुझ्न गएका आफन्तहरुसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

नेपाल ल्याइएका शव मध्ये गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि रहेको थियो । उनीहरु भट्टराईको निर्वाचन क्षेत्रका बासिन्दा रहेका कारण परिवारलाई सान्त्वना दिन तथा मृतकलाई श्रद्दाञ्जली दिन भट्टराई विमान स्थल पुगेका हुन् ।


'कस्तो दु:खद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । ती मध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र । ' भट्टराईले ट्विटरमा लेखेका छन् ।

नेपाली श्रमिकहरुका लागि रोजगारीको आकर्षक गन्तव्य मानिएको मलेसियामा ज्यान गुमाउने श्रमिकहरुको संख्या पनि धेरै रहेको छ । स्वदेशमा रोजगारी नपाएपछि श्रमिकहरु विदेशिन बाध्य छन् । यसरी रोजगारीको क्रममा विदेशमा विभिन्न कारणले ज्यान गुमाउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस