२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो: कतार प्रहरीको कुनै मागपत्र प्रमाणीकरण भएको छैन,ठगीबाट बच्नुहोस्

२०७७, २३ चैत्र सोमबार ०६:२७

चैत २३, काठमाडौँ । वैदेशिक रोजगार विभागले हाल कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न अनुरोध गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै कतार प्रहरीको लागि कुनै मागपत्र प्रमाणीकरण नभएकोले सम्भावित ठगी हुनबाट बच्न अनुरोध गरेको हो । 

हाल कतारमा नेपाली कामदार पठाउने कार्य जारी रहेपनि कतार प्रहरीको लागि भने दुतावासबाट कुनै मागपत्र प्रमाणीकरण र विभागबाट कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको विभागले जनाएको छ ।

'बैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा जारीरहेको भएता पनि कतार प्रहरीको लागि हाल कतार स्थित नेपाली राजदुतावासबाट कुनै मागपत्र प्रमाणीकरण भई नआएको र यस विभागबाट हाल कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको हुँदा कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध छ ।' विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरुले नेपाली नागरिकहरुलाई प्रलोभनमा पारी राहदानी लगायतका कागजातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्ने लगायतका अवैधानिक कार्यहरु भईरहेको भन्ने गुनासो प्राप्त भईरहेको भन्दै विभागले यस्तो कार्यबाट बच्न भनेको छ । 

वैदेशिक रोजगारीमा नेपाली कामदारहरु जाने विभिन्न गन्तव्य मुलुकहरुमध्ये कतार पनि आकर्षक गन्तव्य मानिएको छ । यसरी वैदेशिक रोजगारीमा जाँदा कुन कुन गन्तव्य मुलुकमा के कस्तो कामको लागि कति संख्यामा कामदारको माग भई आएको छ,कुन कुन इजाजतपत्रवाला संस्थाले यस विभागवाट पूर्व स्वीकृति प्राप्त गरेका छन्, तथा अन्तरवार्ता मिति तथा स्थान समेतको विवरण विभागको वेबसाइट www.dofe.gov.np मार्फत हेरी यकिन गर्न सकिन्छ । 

आफू जान चाहेको मुलुक तथा कामको विवरण र आधिकारिकता विभागको वेवसाईटबाट यकिन गरी सम्भावित ठगी हुनबाट बच्न बैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण