२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमनेष्टीले भन्यो ‘वैदेशिक रोजगारका कामदारको उद्धारमा सरकार चुक्यो’

२०७७, २६ चैत्र बिहीबार ०५:२४

चैत्र २६, काठमाडौं  । एम्नेष्टी इन्टरनेशनलले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी लकडाउन भएपछि वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली कामदारहरुको उद्धारमा नेपाल सरकार चुकेको बताएको छ । मानव अधिकारको क्षेत्रमा कार्यरत उक्त अन्तर्राष्ट्रिय संस्थाले कोरोनाका कारण रोजगारी गुमाएर लाखौं नेपाली कामदार विदेशमा अलपत्र परेपनि उनीहरुलाई सुरक्षित घर फर्काउने जिम्मेवारीमा सरकार विफल भएको दाबी गरेको छ ।

एम्नेष्टीले सार्वजनिक गरेको सन् २०२०/०२१ को वार्षिक प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट स्वदेश फर्काउन सकिने भएपनि प्रक्रिया सुनिश्चित गर्न सरकार असफल भएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत वर्ष चैत १५ गतेबाट विदेशमा अलपत्र कामदारहरुको उद्धार शुरु गरेको थियो । जसअन्तर्गत हालसम्म ३ लाख ७९ हजार ३ जना स्वदेश फर्किएका छन् ।

त्यसमा वैदेशिक रोजगारमा गएका कामदारको संख्या आधा रहेको आंकलन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वव्यापी भएपछि मानव अधिकार आयोगसहित विभिन्न संस्थाले गरेको अध्ययनमा करिब ९ लाख नेपाली कामदार स्वदेश फर्किन सक्ने आंकलन गरेका थिए । आयोगले ‘कोभिड–१९ को महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार’ नामक अध्ययन नै गरेको थियो ।

उक्त अध्ययनले ८ लाख ९० हजार कामदार तत्काल नेपाल फर्कन सक्ने देखाएको थियो । आयोगले वैदेशिक रोजगार बोर्डले दिएको विवरणका आधारमा उक्त संख्यामा नेपाली कामदार स्वदेश फर्कन सक्ने अनुमान गरेको हो ।

नयाँ र पुनः श्रम स्वीकृति गरी वैधानिकरुपमा श्रम स्वीकृति लिएर विदेशमा गएकामध्ये ८ लाखले रोजगारी गुमाउन सक्ने र अध्ययन गर्न, पारिवारिक भेटघाट एवं श्रम स्वीकृति नलिई गएका करिब ७ लाख समेत गरी विदेशमा रहेका १६ लाख नेपाली नेपाल फर्कन सक्ने बोर्डको प्रारम्भिक आंकलन थियो । तर फर्किएका कामदारको संख्या डेढ लाखको हाराहारीमा सीमित रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आंकलन छ ।

एम्नेष्टीले स्वदेश फर्केका कामदारहरु पुनस्र्थापना र जीवन सञ्चालनका लागि रोजगारीको बैकल्पिक व्यवस्थाको सुनिश्चित गर्न र कोभिड–१९ क्वारेन्टिन सुविधास्थलहरुमा समेत प्रश्न उठाएको छ । उक्त संस्थाले कैलालीको कोभिड क्वारेन्टिनमा राखिएकी एक महिला बलात्कृत भएको उल्लेख गर्दै फर्किएका कामदारहरुको समेत उचित प्रवन्ध नभएको टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो