२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा नेपालीको लागि ३७० कोटा, कहिले हुन्छ छनौट ?

२०७७, ३० चैत्र सोमबार ०७:१५

चैत्र ३०, काठमाडौं । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा सन् २०२२ का लागि ३७० जना नेपाली छनौट हुने भएका छन् । सोमबार प्रकाशित एक सूचना अनुसार ब्रिटिस गोर्खाका लागि २ सय ३० र सिंगापुर पुलिसका लागि १ सय ४० जना छनौट हुने जनाइको छ  ।

गोखा भर्तीको प्रक्रिया ब्रिटिश सेनाको कानुन अनुसार सञ्चालन र छनौट योग्यतामा आधारित भएकोले केवल उत्कृष्ट उम्मेदवारहरू मात्र स्वीकार्य हुने जनाइएको छ । छनौट प्रक्रिया निशुल्क निष्पक्ष र पारदर्शी हुनेछ ।

भर्ति हुन इच्छुक पश्चिम र पूर्वका सबै उम्मेद्वारका लागि दर्ता, ब्रिटिस गोर्खा पोखरामा २० मे देखि ३० जुलाई २०२१ सम्म खुला हुनेछ । इच्छूक युवाहरुलाई उनीहरुको विशेष दर्ता मिति, जिल्ला, नगरपालिका र गाउँपालिका बारे वेवसाईट http://www.am.mod.uk/bgn द्वारा सूचित गराईने जनाइएको छ ।

गोर्खा भर्ति बारे जानकारीका लागि सामुदायिक ब्रिफिङ्ग १६-२३अप्रिल २०२१ का विच ब्रिटिस कोर्ट  क्याम्प पोखरा र ब्रिटिस क्वाम्य धरानमा आयोजना हुनेछ । 'तालिम केन्द्रहरुको ब्रिटिशगोर्खा र गोखां कन्टिब्जेन्ट सिङ्गापुर पुलिस फोर्स संग कुनै सम्बन्ध नभएको जनाइको छ । तिनीहरू हाम्रो नियन्त्रण बाहिर रहेर व्यवसाय गर्दछन । प्रशिक्षण केन्द्रमा भर्ना हुनका लागि महँगो हुन सक्छ र गोर्खा  भर्तिमा सफलताको म्यारेन्टी छैन। यदी कसैले घुस दिएको थाहा पाएमा भर्ति हुनबाट संधैका लागि बन्चित गरिनेछ, सूचना भनिएको छ।'

भर्ति हुनका लागि कुनै पैसा लाग्ने छैन र तपाइले भ्रष्टाचारको कुनै पनि आरोपहरुको बारेमा सुन्नु भएको वा कसैले भर्ति लगाईदिन्छु भनि पैसा मागेमा पैसा नदिनुहोस् र स्थानीय प्रहरी  कार्यालयमा खबर गर्नुका साथै [email protected] इमेलको माध्यमवाट जानकारी दिन अनुरोध गरिएको छ । 

ब्रिटिस आर्मीमा भर्नाका लागि चाहिने योग्यता

१) वेलायती सेनाले ब्रिटिस गोर्खामा भर्ती हुनका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पनि हुने जनाएको छ ।

२) नयाँ एसईई ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अंग्रेजी र गणितमा सी गे्रडिङ अनिवार्य) ग्रेडिङ भएको हुनुपर्नेछ ।

३) उमेर सन् २०२२ १ जनवरी साल सम्ममा कम्तीमा १८ वर्ष पुगेको र बढिमा २२ वर्ष ननाघेका हुनुपर्नेछ । 

४) उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्ने जनाइएको छ ।

५) छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने सूचनामा उल्लेख छ । यसैगरी चश्मा, कन्ट्याक लेन्स, लेजर सर्जरी स्वीकार्य हुने छैन ।

६) दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ । अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ । भर्ती प्रक्रियामा दर्ता हुन मेशिन रिडेबल पासपोर्ट अनिवार्य आवश्यक पर्ने सूचनामा उल्लेख छ ।  थप जानकारीका लागि वैवसाइट: http://www.army.mod.uk/bgn मा हेर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो