२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी र कतार जानेहरुको भीड भारतीय दुतावास अगाडी (भिडियो सहित)

२०७७, ३० चैत्र सोमबार १४:०७

चैत ३०, काठमाडौँ | भारत कोरोना महामारीको हटस्पट बन्दै गर्दा बिभिन्न देशमा भारतबाट जान रोक्का गरिएको अवस्थामा विदेश जान भारतीय नागरिकहरुको नेपालमा भीड बढ्न थालेको छ । 

सोमबार काठमाडौँ स्थित भारतीय दुतावासमा साउदी सहित बिभिन्न देशमा जानको लागि एनओसी लिने भारतीय नागरिकहरुको भिड देखिएको छ । दुतावासले इमेल मार्फत एनओसीको एपोइन्टमेन्ट नदिएपछि विदेश जान चाहेका भारतीय नागरिकहरु दुतावासकै अगाडी ठूलो संख्यामा लाइन बस्न पुगेका हुन् । एनओसीको लागि बिहानै २ बजेदेखि लाइन बसेको दुतावास अगाडी भेटिएका भारतीय नागरिकहरुले बताएका छन् । उनिहरु मध्ये अधिकांश रोजगारीको लागि साउदी जान चाहनेहरु रहेका छन् । 


लाइनमा बसेका भारतीय नागरिकहरुका अनुसार भारतबाट आफूहरु विदेश जान नपाएको कारण नेपालबाट एनओसी लिएर बिदेस जान आएका हुन् । भारतमा तीब्र रुपमा कोरोना महामारी बढ्दै गर्दा बिभिन्न देशले भारतबाट हुने उडानहरु रोकेको अवस्था छ । यस्तो अवस्थामा नेपालबाट एनओसी लिएर विदेश जान लागेकाहरु अधिकांशलाई भारतीय एजेन्टहरुले नेपालको बाटो हुँदै विदेश जान सुझाव दिएपछि उनीहरु नेपाल आएका हुन् । लाइनमा बसेकाहरुले बिभिन्न देशमा जानको लागि टिकट काटिसकेको बताएका छन् । उनिहरुको अनुसार कसैको भोलीको टिकट छ भने कसैको १/२ दिन पछिको टिकट छ । तर दुतावासले एनओसी नदिएपछि उनिहरु विदेश जान पाउने/नपाउनेमा अन्यौल छन् । 


भारतमा कोरोना महामारी बढ्दै गर्दा नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने बिज्ञहरुले सचेत गराउंदै गर्दा भारतबाट दैनिक युवाहरुको नेपाल मार्फत विदेश जाने आशामा आईरहेका छन् । यसरी आउनेहरुलाई नेपाल सरकारले व्यावस्थापनमा लापरवाही गर्दा महामारी नियन्त्रणमा प्रभाव पर्ने बताइएको छ । यता बिभिन्न देशले भारतबाट जान रोक्का गरेको अवस्थामा तिनै भारतीय नागरिकहरु नेपालबाट धमाधम विदेश जाँदा नेपालबाट समेत युवाहरु बिभिन्न देशमा जान रोक्का हुने हो कि भन्ने चिन्ता थपिएको छ । 

यसै सम्बन्धमा साझा सबाल मिडियाका सम्पादक अनिल अधिकारीले तयार पारेको स्थलगत रिपोर्टको भिडियो तल हेर्न सक्नुहुनेछ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस