२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैत महिनामा वैदेशिक रोजगार सम्बन्धि म्यानपावर र व्यक्तिबाट ठगीका गुनासो

२०७७, ३१ चैत्र मंगलवार ०६:३१

चैत ३१, काठमाडौँ । पछिल्लो चैत महिनामा वैदेशिक रोजगारी सम्बन्धि गुनासोकर्ता बढेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको खोप प्रयोगमा आएसंगै पछिल्लो केहि समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेका कारण गुनासो कर्ता बढेका हुन् ।

गत वर्षको चैत महिना देखि लकडाउन भएपछि प्राय ठप्प बनेको वैदेशिक रोजगारी केहि तंग्रिन थाले पनि फेरि कोरोनाको दोश्रो कहर सुरु भएको छ । जसको कारण खाडी लगायतका मुलुकमा विभिन्न स्वास्थ्य सतर्कता तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिन थालिएका छन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम कल सेन्टर तथा मन्त्रालयका विभिन्न निकायहरुमा गुनासो कर्ताको संख्या बढेको हो । चैत महिनाको अन्त्य सम्म म्यानपावोरबाट ठगि भएको ४ गुनासो रहेका छन् भने व्यक्तिबाट ठगीका ६ गुनासो मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा दर्ता भएका छन् । वैदेशिक रोजगार सम्बन्धि सोधपुछ २ सय ६ जनाले सोधपुछ गरेका छन् । 

यस्तै घर फर्कन चाहेको तर नपाएको ५ जनाले गुनासो गरेका गरेका छन् । वैदेशिक रोजगारीमा गएर भनिएको जस्तो सेवा सुबिधा नपाएको गुनासो २ जनाले दर्ता गराएका छन् । एक-एक जनाले तलब नपाएको र पासपोर्ट हराएको सम्बन्धमा आफ्नो गुनासो राखेको श्रम कल सेन्टरले जनाएको छ । 

सेन्टरका अनुसार कन्सलटेन्सीबाट ठगि ३ गुनासो दर्ता भएका छन् । ७ सय २० जनाले अन्य सोधपुछ गरेका छन् । बिदेशमा अलपत्र परेको कामदारको उद्धार सम्बन्धि एउटा गुनासो आएको छ । सोहि महिना नेपालको श्रम सम्बन्धि जानकारी ३ जनाले दिएका छन् भने सिप सम्बन्धि १८ जनाले जानकारी लिएका छन् । 

मृतक कामदारको परिवार सदस्यलाई आर्थिक सहायता सम्बन्धि ७४ गुनासो श्रम मन्त्रलायका विभिन्न निकायहरुमा दर्ता भएका छन् । यस्तै तालिम निरीक्षण सम्बन्धमा २९,बिरामी भएर फर्किएकोलाई आर्थिक सहायता सम्बन्धि १८,छात्रावृत्ति सम्बन्धि १,अंगभंग /बिरामी भएको कामदारहरुको उद्दारमा १ ,विदेशबाट शव झिकाउने ७,व्यक्ति सम्पर्कमा नरहेको २,सौलिहत ऋण सम्बन्धि सोधपुछ १, प्रधानमन्त्री रोजगार सम्बन्धि सोधपुछ १ र बहिर्गमन कल सम्बन्धि ६ जनाले गुनासो राखे । फागुन महिनामा वैदेशिक रोजगारी सम्बन्धि विभिन्न ४५ गुनासो मात्रै दर्ता भएका थिए ।  

चालु आर्थिक वर्षको चैत अन्तिम सम्ममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा १ हजार २ सय १३,वैदेशिक रोजगार विभागमा ३ हजार २ सय ५९,श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा १ सय ५३,

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा ५७,वैदेशिक रोजगार बोर्डमा १२ सय २१ र सामाजिक सुरक्षा कोषमा २१ गुनासो दर्ता भएको श्रम कल सेन्टरले जनाएको छ  । वैदेशिक रोजगार सम्बन्धि आफ्नो कुनै जिज्ञासा, गुनासो भए श्रम कल सेन्टरमा दर्ता गराउन सकिन्छ । श्रम कल सेन्टरमा  अनलाइन,फेसबुक,भाइबर,इमो,फोन मार्फत श्रमिकले आफ्नो गुनासो राख्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस