२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिकको तलब सुरक्षा गर्न यस्तो व्यवस्था लागु हुँदै

२०७७, ३१ चैत्र मंगलवार ०७:३७

चैत ३१, काठमाडौँ । मलेसिया सरकाले श्रमिकको तलब सुरक्षाका लागि नयाँ प्रणाली लागु गर्ने भएको छ । सरकारले रोजगारदाताबाट प्राप्त गर्ने तलबमा हुने ठगि रोक्न ई-वेज पद्दती लागु गर्ने भएको हो । उक्त प्रणालीले स्वदेशी तथा विदेशी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।

रोजगारदाताले प्रतिवद्दता जनाएको तलव तथा सुविधा श्रमिकले पाउने सुनिश्चित गर्न निकट भविष्यमा यस्तो व्यवस्था लागुगर्न लागेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका हुन् । स्थानीय सञ्चार माध्यमहरुले जनाएअनुसार उक्त विषयमा मन्त्री शरभनानले हालै गृह मन्त्रीसँग छलफल गरेका छन् ।

यो नयाँ पद्दतीले रोजगारदाताले आफ्ना श्रमिकलाई तलव तथा सुविधा उपलव्ध गराए नगराएको बारेमा जाँच गर्न सकिने र ज्याला सुरक्षाको काम हुने जनाइएको छ । मन्त्री शरभनानले क्वालालम्पुरमा आयोजित एक पत्रकार सम्मेलनमा यो पद्दती लागु भएपछि हरेक महिना ७ तारिखभित्र कुन कुन रोजगारदाताले आफ्ना श्रमिकलाई उपलव्ध गराउनु पर्ने तलव, सुविधा उपलव्ध गराए भन्ने जानकारी प्राप्त हुने जसका कारण समयमै तलव उपलव्ध नगराउनेलाई नियन्त्रण गर्न सकिने बताए । 

कतिपय रोजगारदाताले नै आफूसँग काम गर्ने विदेशी श्रमिकलाई पक्राउ गराउन प्रहरीमा उजुरी गर्ने र आफूले ति श्रमिकलाई तिर्नुपर्ने तलव वापतको बक्यौता रकम नदिने गरेको उनले बताए । यस्तो प्रणालीले  रोजगारदाताले श्रमिकलाई कहिले सम्मको तलब दिए/नदिएको बारे जानकारी पाउन सकिने र बदमासी गर्नबाट रोकिने मन्त्री शरभनानले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस