२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा वायोमेट्रिक हाजिरी परीक्षण नमिले बैशाख १२ बाट विदेश उड्न नपाइने

१ बैशाख २०७८, बुधबार ०८:१७

बैशाख १, काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको वायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा पनि आगामी बैशाख १२ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारलाई अवरोध नपुर्याउने जनाएको छ ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै विभागले विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) को स्तरोन्नति गर्ने कार्य जारी रहेको भन्दै बैशाख १२ सम्म हाजिरी नमिलेमा पनि नफर्काउने बताएको हो ।

अभिमुखीकरण तालिम लिँदाको वायोमेट्रिक हाजिरी नगराइएको विषयमा साझा सवालले सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट ! शीर्षकमा समाचार प्रकाशन गरेपछि विभागले गते चैत १८ गते एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने गरेको वा नक्कली बायोमेट्रिक लिएको भए उनीहरुलाई वैशाख १ गतेदेखि विमानस्थलबाट फर्काउने बताएको थियो । 

वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएपछि विभागले विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएको थियो ।

विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानूनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने भन्दै बायोमेट्रिकको  क्रसचेक गर्ने बताएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले प्रस्थानपूर्व अभिमुखीकरण तालिम लिई अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित कामदारको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनु पर्ने प्रावधान छ ।

सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट !

समाचार प्रभाव : वायोमेट्रिक हाजिरी परीक्षण नमिले नयाँ वर्षबाट विदेश उड्न नपाइने


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो