२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा विदेशी श्रमिकलाई स्वास्थ्य बीमा अनिवार्य बनाउने कानुन पारित

२०७८, २ बैशाख बिहीबार ०६:०८

बैशाख २, काठमाडौँ । विदेशी श्रमिकका लागि स्वास्थ्य बीमा अनिवार्य गर्न बनाइएको कानुन कतारको सुरा काउन्सीलले पारित गरेको छ । उक्त कानुनमा व्यवस्था गरिएअनुसार कतारमा रोजगारीका लागि तथा भ्रमणमा आउनेहरुको पनि अनिवार्य स्वास्थ्य बीमा गर्नेछ हुन्छ ।

मोम्मद अल मोहमुदको अध्यक्षतामा बसेको काउन्सीलको बैठकले सो कानुनको मस्यौदामा छलफल गरी पारित गरेको दोहान्यूजले जनाएको छ । कानुनमा आवासिय अनुमति जारी हुनु अगाडी विदेशी श्रमिकको स्वास्थ्य बीमा गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

जसले गर्दा कतारमा रहँदा कुनै स्वास्थ्य समस्या भएमा उपचारका लागि समस्या नहुने विश्वास लिइएको छ । नयाँ कानुन कार्यान्वय भएपछि कतारको भ्रमण गर्नेहरु तथा आप्रवासी श्रमिकले उनीहरुको बसाई अवधिको स्वास्थ्य बीमा गरिएको प्रमाण पेश गर्नुपर्ने जनाइएको छ ।

विदेशी श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने भएका कारण स्वास्थ्य बिमाको खर्च पनि रोजगारदाताले नै दिनुपर्ने गरी कानुन पारित गरिएको छ । खाडीका मुलुकहरुमा सरकारले बनाउने कानुन लागु हुनुपूर्व सुरा काउन्सीलमा राय सल्लाहका लागि पठाउनु पर्दछ । 

सुरा काउन्सीलले सो ऐनमा गरिएको प्रावधानलाई ईस्लाम धर्मको दृष्टिकोणबाट हेर्ने गर्दछ । सामान्यतथा सुरा काउन्सीलबाट पारीत भएको कानुनलाई मन्त्रीपरिषदले पारित गर्ने र निश्चित समयावधि पश्चात त्यो कार्यान्वयनमा आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस