२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा गएकाहरुले २१ अप्रिलसम्ममा नेपाल फर्कनुपर्ने

२०७८, ४ बैशाख शनिबार ०२:१६

वैशाख ४, काठमाडौँ। भिजिट भिसामा गई स्वदेश नफर्किएका नेपालीहरुले २१ अप्रिलसम्म मलेसिया छाड्नु पर्ने भएको छ। मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकाहरुलाई २१ अप्रिल अथात् आगामी बुधबारसम्म देश छोड्न आदेश दिएको छ । 

भिजिट भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाहरुले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेश्रो मुलुक गइसक्नुपर्ने छ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेहरुले मलेसियाको कडा अध्यगमन नियमानुसार कारवाही भोग्नुपर्ने छ । मलेसियाले भ्रमणमा जाने विदेशीलाई शुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भिजिटभिसामा गएका विदेशीहरु स्वदेश नफर्किनेको संख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको हो ।

उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेहरुलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्नेछ तर त्यसपछि पनि मलेसिया बस्नेहरुलाई भने धेरै जरिवाना तिराउन सक्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मलेसिया स्थित नेपाली दूतावासले पासपोर्ट नभएकाहरुले दूतावासमा आई ३ सय ६० रिंगिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ । मलेसियामा सामान्यतयाः एकचोटी इलिगल बसेको विदेशी नागरिक पाँच वर्षसम्म फर्किन र मलेसिया जान नपाउने व्यवस्था छ । 

मलेसियामा हाल आवगमन नियन्त्रण आदेश लागू भएको छ । एउटा राज्यबाट अर्को राज्यमा जान त्यहाँको प्रहरीको लिखित आदेश पाउनुपर्छ । तर गैरकानूनी रुपमा बसीरहेका नेपालीहरु पक्राउ पर्ने डरले प्रहरीको आँखा छलेर बस्ने गरेका छन् । कतिपय नेपाली सूचना नपाएर पनि अलमलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त