२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

२०७८, ५ बैशाख आईतवार ११:४५

वैशाख ५, काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन कुवेत स्थित नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

'हालैको समयमा कुवेतमा कोभिड १९ को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत बढिरहेको जानकारी प्राप्त हुन आएको परिप्रेक्ष्यमा बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले अवलम्बन गरेबमोजिमको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउनु हुन यस दूतावास कुवेतस्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछ ।' दूतावासले जारी गरेको सूचनामा भनिएको छ,

'कोभिड १९ संक्रमणविरुद्ध यहाँहरूले अपनाउदै आउनुभएका उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने/नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने वा Hand sanitizers ले नियमित रूपमा हात सफा गर्ने, खानपान लगायत स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिनुहुन तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा र रुघाखोकी, ज्वरो जस्ता कोरोनाका लक्षणहरू देखापरेमा नजिकैको स्वास्थ्य केन्द्र / अस्पतालमा तुरुन्तै सम्पर्क गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत