२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

५ बैशाख २०७८, आईतवार ११:४५

वैशाख ५, काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन कुवेत स्थित नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

'हालैको समयमा कुवेतमा कोभिड १९ को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत बढिरहेको जानकारी प्राप्त हुन आएको परिप्रेक्ष्यमा बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले अवलम्बन गरेबमोजिमको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउनु हुन यस दूतावास कुवेतस्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछ ।' दूतावासले जारी गरेको सूचनामा भनिएको छ,

'कोभिड १९ संक्रमणविरुद्ध यहाँहरूले अपनाउदै आउनुभएका उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने/नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने वा Hand sanitizers ले नियमित रूपमा हात सफा गर्ने, खानपान लगायत स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिनुहुन तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा र रुघाखोकी, ज्वरो जस्ता कोरोनाका लक्षणहरू देखापरेमा नजिकैको स्वास्थ्य केन्द्र / अस्पतालमा तुरुन्तै सम्पर्क गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो