२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कडाई : नेपालबाट कतार जानेहरु १० दिनसम्म होटलमा क्वारेण्टीनमा बस्नुपर्ने

२०७८, १४ बैशाख मंगलवार ०६:३७

वैशाख  १४, काठमाडौँ । कतारले कोभिड-१९ को संक्रमण फैलिन नदिन सो मुलुकमा आउने नेपाल सहित ६ वटा मुलुकका नागरिकलाई अनिवार्य रुपमा होटलमा क्वारेण्टीन बस्नुपर्ने व्यवस्था गरेको छ । भारतमा फैलिएको कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको द पेनुन्सुला कतारले जनाएको छ ।

नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सबाट कतार जानेहरुले अनिवार्य रुपमा होटलमा क्वारेण्टीनमा बस्नुपर्ने छ । यी मुलुकहरुबाट जाने वा यी मुलुकलाई ट्राञ्जिट बनाएर जानेहरुका लागि यस्तो शर्त राखिएको हो ।

यसैगरी ति मुलुकबाट कतार जानेहरुले अनिवार्य रुपमा ४८ घण्टाभित्र पिसिआर परीक्षण गराएको र नेगेटिभ रिपोर्ट साथमा हुनुपर्नेछ । यसरी आउनेहरुले अनिवार्य रुपमा १० दिन तोकिएका होटलमा क्वारेण्टीनमा बस्नुपर्नेछ । घरमै क्वारेण्टीन बस्ने सुविधा यी ६ वटा मुलुकहरुबाट आउनेलाई नदिइने कतारको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस