२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलमा ट्रान्जिट बनाउने यात्रुलाई बुधबार रातिदेखि रोकिने

१४ बैशाख २०७८, मंगलवार ०७:०७

वैशाख  १४, काठमाडौँ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सरकारले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार राति १२ बजेदेखि रोक्ने भएको छ । विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्नका लागि वैशाख १५ गते राति १२ बजेदेखि रोक लगाउने अध्यागमन विभागले जानकारी दिएको छ ।

सबै विदेशबाट नेपाललाई अन्तिम गन्तव्य स्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान साविक बमोजिम नै नियमत रहने समेत विभागले जानकारी दिएको छ । पछिल्लो समय भारतीय नागरिकहरुले त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गर्दै आएका थिए ।

विमानस्थलका अनुसार अप्रिल १ तारिखदेखि २५ तारिखसम्म ७ हजार ५०५ जना भारतीय नागरिकले विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरेका छन् । भारतमा कोरोनाको जोखिम बढ्दै जाँदा विभिन्न देशहरुले भारतसँगको हवाई उडानमा प्रतिबन्ध लगाएपछि भारतीयहरु नेपालको बाटो हुँदै विभिन्न मुलुकमा जानका लागि नेपालको बाटो प्रयोग गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो