२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलमा ट्रान्जिट बनाउने यात्रुलाई बुधबार रातिदेखि रोकिने

२०७८, १४ बैशाख मंगलवार ०७:०७

वैशाख  १४, काठमाडौँ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सरकारले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार राति १२ बजेदेखि रोक्ने भएको छ । विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्नका लागि वैशाख १५ गते राति १२ बजेदेखि रोक लगाउने अध्यागमन विभागले जानकारी दिएको छ ।

सबै विदेशबाट नेपाललाई अन्तिम गन्तव्य स्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान साविक बमोजिम नै नियमत रहने समेत विभागले जानकारी दिएको छ । पछिल्लो समय भारतीय नागरिकहरुले त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गर्दै आएका थिए ।

विमानस्थलका अनुसार अप्रिल १ तारिखदेखि २५ तारिखसम्म ७ हजार ५०५ जना भारतीय नागरिकले विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरेका छन् । भारतमा कोरोनाको जोखिम बढ्दै जाँदा विभिन्न देशहरुले भारतसँगको हवाई उडानमा प्रतिबन्ध लगाएपछि भारतीयहरु नेपालको बाटो हुँदै विभिन्न मुलुकमा जानका लागि नेपालको बाटो प्रयोग गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस