२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञाको समयमा वैदेशिक रोजगारीका के के प्रक्रिया रोकिन्छ, के रोकिंदैन ?

१५ बैशाख २०७८, बुधबार १३:२०

मनोज पराजुली । वैशाख १५, काठमाडौँ । कोरोना महामारीको दोश्रो लहर शुरु भएसंगै काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाउने निर्णयले पुन: एकपटक वैदेशिक रोजगारीका प्रक्रिया प्रभावित हुने भएको छ । नेपाल सरकारले निर्णय अनुसार काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि १५ दिनको लागि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुनेछन् । जसले गर्दा वैदेशिक रोजगारीका प्रक्रिया प्रभावित हुने भएको हो ।  

वैशाख १६ देखि काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गर्ने निर्णय गरिएको छ ।  अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने हुँदा यसको प्रभाव वैदेशिक रोजगारीका लागि गरिने पुर्व तयारीमा समेत पर्ने देखिएको छ । 

के के प्रक्रिया रोकिन्छ ?

म्यानपावर कम्पनीहरुले लिने डिमाण्डको पुर्व स्वीकृति, छनौट प्रक्रियाको लागि लिने अन्तर्वार्ता लगायत प्रक्रिया प्रभावित हुने भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएकै अवस्थामा म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागबाट पुर्व स्वीकृति लिएर गरिने श्रमिक छनौट प्रक्रिया प्रभावित हुनेछ । वैदेशिक रोजगार वोर्ड मार्फत हुने सीप तालिम, सीप परीक्षण लगायतका काम रोकिने छ ।

के रोकिंदैन ?

काठमाडौं उपत्यकामा लगाइने निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द भएपनि अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ । वैदेशिक रोजगार विभागले आफ्ना कर्मचारीलाई आलोपालो प्रणालीमा राखेर सेवा प्रवाह नियमित गर्ने विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले साझा सवाललाई जानकारी दिए । विभाग र विभाग माताहतका कार्यालयबाट साविकमा जे जे काम हुँदै आएका थिए ति सबै सुचारु नै हुन्छ महानिर्देशक दवाडीले भने 'प्राथमिकताका आधारमा काम सुचारु हुनेछन् ।'

वोर्डका सेवा अनलाइन मार्फत 

निषेधाज्ञाका समयमा वैदेशिक रोजगार वोर्डले आफना सेवा सेवा अनलाइन मार्फत प्रदान गर्ने भएको छ । वोर्डले निवेदन लिने, आर्थिक सहायता दिने काम अनलाइन मार्फत संचालन गर्ने  वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले साझा सबाललाई बताए । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको शव ढुवानी पूर्ववत रुपमै संचालन हुने उनले बताए ।

अन्तराष्ट्रिय उडान बन्द नभएको र श्रम स्वीकृति बन्द नभएसम्म अभिमुखीकरण तालिम बन्द गर्न नमिल्ने श्रेष्ठले बताए । जिल्ला प्रशासनको निर्देशन बमोजिम काम गर्नका लागि सम्बन्धित संस्थालाई वोर्डले अनुरोध गरेको उनले बताए । 

संघले सहजीकरण गर्ने 

अन्तिम श्रम स्वीकृति लिएर श्रमिक विदेश पठाउने प्रक्रिया सम्पन्न गर्न लागेको अवस्थामा निषेधाज्ञा लागू भएकोले म्यानपावर व्यवसायीहरुलाई आवश्यक सहयोग गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय खुल्ला रहने संघका महासचिव सुजितकुमार श्रेष्ठले साझा सवाललाई बताए । लकडाउन सुरु हुनु अगाडी नै मेडिकल गराउन, अभिमुखिकरण तालिम लिन, पुलिस रिर्पोट प्रमाणीकरण गर्नका लागि तथा अन्य सम्वधित कामका लागि काठमाडौ आईसकेका व्यक्तिहरुलाई विदेश पठाउन संघले व्यवसायीलाई सहजीकरण गर्ने उनले बताए । 

'व्यवसायी र कामदारलाई आवश्यक पर्न जाने सहयोग गर्न, पास आवश्यक भए वैदेशिक रोजगार विभागमा सिफारिस पठाउने सहमति भए अनुसार संघले संघकै पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकेको छ, समस्या परेमा व्यवसायीले उहाँहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ' महासचिव श्रेष्ठले भने ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो