२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कतार जाने यात्रीहरूका लागि दुतावासको जरुरी सूचना

२०७८, १६ बैशाख बिहीबार ०६:०४

वैशाख १६, काठमाडौँ । नेपालबाट कतार जाने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि अनिवार्य क्वारेन्टाइन लागू हुने भएको छ । कतारस्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै कोरोना महामारीको बेला कतार सरकारले लागू गरेको मापदण्ड पालना गर्न नेपालीहरुमा अनुरोध गरेको छ ।

भारतमा हालै देखा परेको "COVID-19" भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी कतारमा बसोबास गरिरहेका कतारी तथा सबै जनाको स्वास्थ्यलाई सुरक्षित राख्न कतार सरकारको जन स्वास्थ्य मन्त्रालयले २६ अप्रिल २०२१ मा एउटा विज्ञप्ती जारी गरी भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतार आउने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि लागू हुने गरी अनिवार्य क्वारेन्टाइन सम्बन्धी निर्देशनहरु जारी गरेको छ । जस अनुसार  ती देशहरूबाट आउने सबै जनाले १० दिन होटल क्वारेन्टाइन वा १४ दिन मेकाइनिस  क्वारेन्टाइनमा बस्नु पर्नेछ । यो प्रावधान कतारमा कोरोना खोप लगाइसकेको व्यक्तिको हकमा समेत लागू हुने जनाइएको छ । साथै ती मुलुकबाट कतार प्रवेश गर्ने सबै यात्रुहरूले अनिवार्य रुपमा तोकिएको स्वास्थ्य केन्द्रबाट कोभिड-१९ पिसिआर परीक्षण गरी ४८ घण्टा अघिको नेगेटिभ रिपोर्ट साथमा लिएर यात्रा गर्नु पर्नेछ ।

कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने सबै यात्रुहरूले पनि कोभिड पिसिआर परीक्षण  अनिवार्य गरेको हुनुपर्दछ । आफ्नो गन्तव्य मुलुकको लागि अर्को कोभिड-१९ पिसिआर परीक्षणको आवश्यक परेमा ती यात्रीहरुको लागि कतारी रियाल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ पिसिआर परीक्षण गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत