२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आगमन तथा प्रस्थान सहजीकरण सम्बन्धी अध्यागमन विभागले जारी गर्यो सूचना

२०७८, १६ बैशाख बिहीबार ०६:१९

वैशाख १६, काठमाडौँ । अध्यागमन विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरण सम्बन्धी एक सूचना जारी गरेको छ । विश्वभर फैलिंदै गईरहेको नयाँ भेरियण्टको कोभिड १९ को बढ्दो जोखिम न्यूनिकरण गर्ने उद्देश्यले विदेशबाट नेपालमा आवागमन नियमनका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) वैशाख १३ को निर्णय कार्यान्वयन गर्न र अध्यागमन विभागबाट वैशाख १३ गते प्रकाशित सूचना सम्बन्धमा स्पष्ट गर्नका सूचना जारी गरिएको विभागले जनाएको छ ।

विभागले अनुसार निषेधाज्ञाको समयमा नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकले स्थलमार्गबाट नेपाल प्रवेश गर्न सक्ने छैनन् । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नु अधि स्वाब संकलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न सक्नेछन् । 

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञाका अतिरिक्त निजले यात्रा गर्नु अधि स्वाब संकलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्न सक्नेछन् ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा शुरु गर्नु अधि स्वाब संकलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्न सक्नेछन् ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा शुरु गर्नु अधि स्वाब संकलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट पेश गरेमा नेपाल प्रवेश गर्न सक्नेछन् र प्रवेश गरेपछि १० (दश) दिन अनिवार्य रुपमा होटल वा होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति दिइने छैन । यस अधि नेपाल प्रवेश गरिसकेका विदेशी नागरिकले हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान अनुमति दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस