२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी: चैत्र महिनामा ७३ देशका लागि ३२ हजारले लिए श्रम स्वीकृति (देशगत विवरण)

२०७८, १७ बैशाख शुक्रबार ०८:००

वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि चैत्र महिनामा ७३ देशका लागि ३२ हजार १४२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत्र महिनाको मासिक प्रगति विवरण प्रगति विवरण अनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ महिलाले श्रम स्वीकृति लिएका हुन् ।

फागुन महिनामा जम्मा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएका थिए । फागुन महिनाको तुलनामा चैत्र महिनामा श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण वैदेशिक रोजगारीमा पुन: संकुचन आउन देखिएको छ । 

सरकारले अन्तरास्ट्रिय हवाई उडान र श्रम स्वीकृति खुला नै राखेको छ तर अत्यावश्यक बाहेक सार्वजनिक र निजि सवारी साधन चलाउन रोक लगाएका कारण वैदेशिक रोजगारीका प्रक्रिया ठप्पप्राय: भएको छ । 

फागुनमा सबैभन्दा बढी साउदीको लागि १० हजार ३ सय ७६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि ९  हजार ७ सय ४३, युएईका लागि ७ हजार २०१, बहराइनका लागि १२ सय १ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै ओमानका लागि ९ सय ४४, रोमानियाका लागि ५०९, जापानका लागि ३ सय ४१ जनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ । 

हेर्नुहोस् देशगत विवरण 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण