२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन्, चैत्र महिनामा सबैभन्दा धेरै श्रमिक विदेश पठाउने सय म्यानपावर कम्पनी (विवरणसहित)

२०७८, १७ बैशाख शुक्रबार ०८:४७

वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि चैत्र महिनामा ७३ देशका लागि ३२ हजार १४२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत्र महिनाको मासिक प्रगति विवरण प्रगति विवरण अनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ महिलाले श्रम स्वीकृति लिएका हुन् ।

हाल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये ४ सय ७ म्यानपावर कम्पनी मार्फत चैत्र महिनामा १३ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । गत महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीमा स्काई स्टार रिक्रुटमेन्ट प्रा. लि रहेको छ । उक्त म्यानपावरले ४ सय ७५ जनालाई विदेश पठाएको छ । माघ महिनामा सबैभन्दा धेरै ६४८ जनालाई विदेश पठाएर अलसमिट म्यानपावर कम्पनी एक नम्बरमा परेको थियो ।

चैत्र महिनामा  दोश्रो नम्बरमा परेको शान नेपाल प्रा. लिले ४ सय ५२ जना, तेश्रोमा रहेको मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रा .लिले ३ सय १३ जनालाई विदेश पठाएको छ । चौंथो स्थानमा रहको अस्फोर्ड इन्टर्नेशनल प्रा. लिले ३ सय ८, पाँचौं स्थानमा परेको एसओएस म्यानपावर सर्भिस प्रा.लिले ३ सय ६ जना, सातौंमा रहेको द रिभर ओभरसिज प्रा. लिले २ सय ८३ जनालाई विदेश पठाएको छ । त्यस्तैगरी संख्याका आधारमा आठौँ स्थानमा परेको प्याराडाइज इन्टरनेशल प्रा. लि ले २ सय ६८ जना, नबौं मा परेको अल साहिद प्रा .लि ले २ सय ४३ जना र दशौँ स्थानमा परेको ड्रेस्ट्रिनी ह्युमन रिसोर्स नेपाल प्रा .लिले १ सय ८५ जनलाई विदेश पठाएको छ ।

हेर्नुहोस् सबैभन्दा धेरै विदेश पठाउने सय म्यानपावर कम्पनी 


फागुनमा भन्दा चैत्रमा विदेशिने बढे 

फागुन महिनामा जम्मा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएका थिए । फागुन महिनाको तुलनामा चैत्र महिनामा श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण वैदेशिक रोजगारीमा पुन: संकुचन आउन देखिएको छ । 

सरकारले अन्तरास्ट्रिय हवाई उडान र श्रम स्वीकृति खुला नै राखेको छ तर अत्यावश्यक बाहेक सार्वजनिक र निजि सवारी साधन चलाउन रोक लगाएका कारण वैदेशिक रोजगारीका प्रक्रिया ठप्पप्राय: भएको छ । 

फागुनमा सबैभन्दा बढी साउदीको लागि १० हजार ३ सय ७६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि ९  हजार ७ सय ४३, युएईका लागि ७ हजार २०१, बहराइनका लागि १२ सय १ जनाले श्रम स्वीकृति लिएका छन् ।  यस्तै ओमानका लागि ९ सय ४४, रोमानियाका लागि ५०९, जापानका लागि ३ सय ४१ जनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस