२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिबाट अनलाइनबाट मात्र पूनः श्रम स्वीकृति पाईने, कार्यालयमा भौतिक उपस्थिति बन्द

२०७८, २३ बैशाख बिहीबार ०७:०५

मनोज पराजुली ।वैशाख २३, काठमाडौँ । वैदेशिक रोजगार विभागले भोलिबाट अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ । विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) स्थगन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले साझा सबाललाई जानकारी दिए ।

नेपाल सरकारले दोस्रो चरणको कोभिड-१९ को सँक्रमणको व्यापकताको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निणय गरिसकेको छ । सरकारले काठमाडौं उपत्यकामा वैशाख २९ गते सम्म लकडाउन गरेका कारण यो समयावधीमा अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ । सो समयावधि सम्मका लागि विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु स्थगन गर्ने निर्णय गरिएको महानिर्देशक दवाडीले जानकारी दिए । 

विभागको निर्देशन अनुसार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचल कार्यालयबाट भौतिक रुपमा उपस्थित भै लिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) वैशाख २४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाइको छ । ताहाचल कार्यालयले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता कार्यहरु सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।

अनलाइन सेवावारे थप जानकारीका लागि शाखा अधिकृत सालिकराम फुयाल (९८४१६२७७८३) शाखा अधिकृत श्माधवराव पाण्डे (९८४१३१०३२३) कम्प्युटर ईन्जिनियर अर्जुन यादव (९८४११४९३८०) लाई सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो