२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधवार देखि नेपाल सहित चार मुलुकका नागरिकलाई युएई प्रवेशमा रोक लाग्ने

२७ बैशाख २०७८, सोमबार १०:५८

वैशाख २७, काठमाडौँ । संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित चार मुलुकका नागरिकलाई आगामी बुधवार देखि लागु हुनेगरी युएई प्रवेशमा बन्देज लगाएको छ । नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकाबाट जानेहरुले बुधवार पश्चात केहि समयका लागि युएईमा प्रवेश पाउने छैनन् ।

युएईले सोमवार ट्वीटर मार्फत यसको जानकारी गराउँदै ति मुलुकका नागरिक तथा सो मुलुक भएर आउने विदेशीहरुलाई युएई प्रवेशमा तत्कालिन रुपमा बन्देज हुने जनाइएको छ । यसैगरी ति चारवटा मुलुकमा ट्रञ्जिट भएर आउनेहरुले पनि युएई प्रवेश पाउने छैनन् ।

समाचार अनुसार पछिल्लो १४ दिन यता नेपाल, पाकिस्तान, बंगलादेश वा श्रीलंकामा रहेकाहरु युएई प्रवेश गर्न पाउने छैनन् । यद्यपी युएईको सो निर्णयसँगै ति मुलुकबीचको उडान भनें नरोकिने तथा युएईबाट ति मुलुकमा यात्रु भनें जान सक्नेछन् ।

यात्रा बन्देज लागेपनि युएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारीहरु, व्यवसायीहरु, गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भनें युएई प्रवेशको अनुमति पाउने छन् । उनीहरुले पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआरको रिपोर्ट नेगेटीभ रहेको, विमानस्थलमा पुन: पिसिआर परीक्षण गरिने, १० दिनको क्वारेण्टीन अनिवार्य, युएई प्रवेश पश्चात चौथो तथा आठौं दिन पुन: पिसिआर गर्नुपर्ने लगायतका शर्तहरु पुरा गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो