वैशाख २७, काठमाडौँ | संयुक्त अरब ईमिरेट्स (यूएई ) ले मे १२ बुधवार राति देखि लागु हुनेगरी नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ ।
नेपाल सहित बंगलादेश, पाकिस्तान र श्रीलंकाका यात्रुहरूको लागि उडानमा यूएईको राष्ट्रिय आपत्कालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण र नागरिक उड्डयनले रोक लगाएको हो ।
गल्फ न्युजका अनुसार कोभिड-१९ प्रभावित देशहरु नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट यात्रीहरूको लागि प्रवेश निषेध गरेको हो । यी चार देशबाट आउने ट्रान्जिट उडानमा समेत युएईले रोक लगाएको छ । यात्रूहरुलाई रोक लगाए पनि कार्गो उडानहरू भने सञ्चालन गर्न दिइने बताइएको छ ।
युएईको पछिल्लो निर्णयले सबै यात्रुहरूलाई सम्बन्धित उडानहरू परिवर्तन गर्न वा उनीहरूको उडानहरू पुनः अनुसूचित गर्न र उनीहरूको अन्तिम गन्तव्यहरूमा ढिलाइ नगरी सुरक्षित फिर्ता गर्न ढिलाई नगर्न निर्देशन दिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!