२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ १७ गतेसम्म अन्तरराष्ट्रिय उडान प्रतिबन्ध, विदेशबाट फर्कन चाहने प्रभावित

२९ बैशाख २०७८, बुधबार ०८:१२

वैशाख २९, काठमाडौं (रासस)। मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो । तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ ।  उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ । नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो ।

अहिले अन्तरराष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित सङ्ख्यामा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । सरकारले कोभिड महामारी नियन्त्रणका लागि वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका छन् ।

विमानस्थल कार्यालयका अनुसार मङ्गलबार अन्तरराष्ट्रियतर्फ कार्गो तीन कार्गो, दुई चार्टर्ड र एक एयर एम्बुलेन्स गरी कूल छ उडान भएका छन् । नेपाल वायुसेवा निगम (एयरलाइन्स) ले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डरसहितका सामग्री ल्याएको थियो भने हिमालय एयरलाइन्सले चीनको कुनमिङमा दुई उडानमार्फत कार्गो तथा बङ्गलादेशमा एक चार्टर्ड उडान गरेको छ । दुबईबाट रोयल एयर एम्बुलेन्सको नेपालमा एक उडान भएको छ ।

अन्तरराष्ट्रियमा आज विभिन्न एयरलाइन्सका चार कार्गो, एक ट्राभल बबल र एक ट्रेनिङ उडान हुने विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी मङ्गलबार ६२ उडान भएका थिए । 

अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् ।

अघिल्लो वर्ष कोभिड–१९ सङ्क्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान स्थगन गरेको थियो । महामारी घटेपछि गत भदौ १६ गतेदेखि अन्तरराष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो