२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा काम गर्दा गर्दै सम्पर्क विहीन भए मनोजकुमार, खोजीमा भौतारिँदै परिवार

३० बैशाख २०७८, बिहीबार ०८:०४

वैशाख ३०, काठमाण्डौ । रोजगारीका लागि मलेसिया गएका महोत्तरीका मनोजकुमार ठाकुर सम्पर्क विहीन भएका छन्  । मलेसियामा काम गरिरहेका मनोजकुमार ६ महिनाअघिदेखि परिवार र साथीभाइसँग सम्पर्कमा नभएको भन्दै बुवा रामनारायण ठाकुरले खोजिदिन आग्रह गरेका छन् ।

काम गरिरहेको छोरो सम्पर्कमा आएन रामनारायणले भने 'दुई चार दिन त फोन गर्छ होला भन्ने भयो, अहिले यत्तिको समय भइसक्यो कहीँ कतै कसैसँग सम्पर्कमा छैन ।' दूतावासको समन्वयमा त्यहाँका विभिन्न जेलहरूमा खोजी गरिएको अहिले मलेसियामै रहेका हरिकुमार मण्डलले बताए । 

‘दूतावासको सहयोगमा जेलहरूमा खोजी गरेको हो तर कुनै पनि जेलमा भेटिएन, काम गर्दा गर्दैको मानिस कहाँ गयो, के भयो कसैलाई थाहा भएन,’ हरिकुमारले भने,‘मनोजलाई खोजिदिन गाउँबाट उसको बुवाले रातदिन हात जोर्नुहुन्छ, खोज्नका लागि हर प्रयास गरिसक्यौँ तर अहिलेसम्म कुनै पत्तो छैन ।’ एक्कासि सम्पर्क विहीन हुँदा जेलमा परेको हुनसक्ने परिवारको अनुमान थियो । तर जेलहरूमा पनि नभेटिएपछि परिवार झन् चिन्तामा परेको छ ।

सन् २०१८ मा श्रम मनोजकुमारले मलेसियाको सिमे डरबे प्लान्टेसन कम्पनीका लागि श्रम स्वीकृति लिएर जानुभएको छ । प्लान्टेसन वर्करका रूपमा जानुभएका उहाँको करार अवधि तीन वर्षको छ ।

मलेसियामा यदि मनोजकुमारलाई देख्नु या भेट्नुभएमा ६८११४००३१४५१, ६०११२६६६९०९७ अथवा ००६०१०२१८५३२२ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । उज्यालो अनलाइनबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो