२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालीहरुले पनि विदेश जान पाउने, तीन देशमा नियमित उडानको तयारी

२०७८, ५ जेष्ठ बुधबार १७:१२

जेठ ५, काठमाडौँ | चार्टर उडान गर्ने अनुमति पाएका उडानहरुले विदेशी सहित नेपाली नागरिकहरुलाई समेत विदेश प्रस्थानको अनुमति प्रदान गर्न आदेश दिएको छ । यो निर्णय वैशाख २९ गतेनै मन्त्रीस्तरवाट भएको निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्रालयले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । जसमा उल्लेख छ 'नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,' मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।


मन्त्रालयले दिएको आदेशसंगै अब नेपालमा बिदामा आएका विद्यार्थीहरु तथा वैदेशिक रोजगारमा जान चाहेका नेपालीहरुले चार्टर उडानमा विदेश जान पाउने बाटो खुलेको छ । 

यस्तै मन्त्रालयले जेठ १८ देखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा नियमित उडान सुचारु गर्ने तयारी गरेको छ । 

नेपाल सरकारले कोरोना महामारी फैलिएसंगै गत वैशाख २३ गते रातिदेखि बन्द गरेको अन्तराष्ट्रिय उडान मंगलबारदेखि भारतीय नागरिकहरुलाई साउदी लैजानको लागि खुला गरेको छ । अब नेपालबाट हुने सबै चार्टर्ड उडानबाट नेपाली नागरिकहरुले पनि टिकट काट्न सक्नेछन् ।

मन्त्रालयबाट जारी एक प्रेस विज्ञप्ति अनुसार बिभिन्न देशबाट पर्वतारोहण, पर्यटन, कुटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रूहरुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपियन युनियन, अमेरिका, रुस लगायतका नेपालस्थित राजदुतावासबाट अनुरोध गरिए अनुसार प्रस्थानको लागि उडान अनुमति प्रदान भएको छ । बिदेशीहरुको लागि खुला गरिएका उडानहरुमा नेपालीहरुले पनि टिकट काटेर विदेश जान सकिने मन्त्रालयले जानकारी दिएको छ । 

साथै मन्त्रालयले जारी गरेको विज्ञप्ति मार्फत उडानका क्रममा एयरलाइन्सको टिकेटिङमा अनियमितता भएको जानकारी भए मन्त्रालयको इमेल ठेगाना [email protected] वा नेपाल नागरिक उड्ययन प्राधिकरणको इमेल ठेगाना [email protected] मा प्रमाण सहित पठाउन अनुरोध गरेको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त