२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार वोर्डले ५२ जिल्लाका १९३७ जनालाई छात्रवृत्ति दिने, छात्रवृत्ति लिन के गर्ने ?

२०७८, १० जेष्ठ सोमबार ०५:५०

जेठ १०, काठमाडौँ ।  वैदेशिक रोजगार वोर्डले शैक्षिक सत्र २०७८ का लागि ५२ जिल्लाका १९ सय ३७ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । अघिल्लो वर्ष निकालेको सूचनामा ७४ जिल्लाबाट २६ सय वटा निवेदन प्राप्त भएको र प्राप्त निवेदन मध्ये अहिलेसम्म ५२ जिल्लाका १९ सय ३७ जना छात्रवृत्ति पाउन योग्य भएको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

वोर्डले १९ सय ३७ जनाका लागि छात्रवृत्ति रकम एक करोड ८५ लाख २ हजार रुपैयाँ  वितरण गर्न लागेको छ । उक्त रकम जिल्ला अनुसार चेक तयार भएको र सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई पठाउने तयारी गरिएको वोर्डले जनाएको छ । अझै बाँकी जिल्लाको भने निवेदन उपर छानबिन भइरहेको कार्यविधि अनुसार निवेदन दिनेहरू योग्य भएमा सबैले यो छात्रवृत्ति पाउने उनले बताए ।

कार्यविधि अनुसार वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका, अङ्गभङ्ग, अशक्त र बेपत्ता भएका श्रमिकका छोराछोरीले वैदेशिक रोजगार बोर्डमार्फत शैक्षिक छात्रवृत्ति पाउने व्यवस्था छ । सरकारले पहिलो चरणमा भने वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका कामदारका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । 

माध्यमिक तहसम्म पढ्ने बालबालिकाले बोर्डमार्फत प्रदान गर्ने छात्रवृत्ति पाउँछन् । यस्तो छात्रवृत्ति एक कक्षाका लागि एक पटक मात्र उपलब्ध हुन्छ ।  आधारभूत तहमा बढ्ने बालबालिकाले वर्षमा आठ हजार रुपैयाँ र माध्यमिक तहमा पढ्नेले वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति पाउँछन् ।

छात्रवृत्ति लिन के गर्ने ?

हरेक शैक्षिक सत्रका लागि वैदेशिक रोजगार बोर्डले सूचना प्रकाशित गर्छ । सूचना प्रकाशित गरेको बेला तोकिएको समयभित्र निवेदन दिनुपर्छ । निवेदन दिँदा साथमा कामदारको श्रम स्वीकृतिको प्रतिलिपि, बालबालिकाको संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, यदि कामदारको मृत्यु भएको भएमा मृत्यु दर्ताको प्रमाणपत्र वा अङ्गभङ्ग वा गम्भीर बिरामी भएको त्यसलाई प्रमाणित गर्ने मान्यताप्राप्त डाक्टरको सिफारिस पत्र अनिवार्य चाहिन्छ । निवेदन दिने बालबालिका र श्रमिकबीच नाता प्रमाणको प्रतिलिपिका साथै आफ्नो सम्बन्धित पालिकाको सिफारिसको प्रतिलिपि पनि निवेदनका साथ पेस गर्नुपर्छ ।

यसका साथै कामदार करार अवधि भित्रै अङ्गभङ्ग वा गम्भीर बिरामी भई समस्यामा परे स्वदेश फर्किएको खुल्ने कागजात पनि चाहिन्छ । 

यसबारे थप बुझ्न श्रम कल सेन्टरमा निःशुल्क नेपाल टेलिकमका नम्बरहरूबाट ११४१ नम्बरमा अथवा १६६०००१५०००५ मा र विदेशबाट सः शुल्क ९७७ १५९७००८ नम्बरमा र भाइबरमार्फत ९७७९८०१८०००१३ नम्बरमा फोन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस