२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली श्रमिकका लागि बहराइन प्रवेशमा तत्काललाई रोक

१३ जेष्ठ २०७८, बिहीबार ०७:५१

जेठ १३, काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य बहराइनले आइतबारबाट लागूहुने गरी नेपाल लगायतका केही श्रम स्रोत देशका श्रमिकका लागि प्रवेशमा रोक लगाएको छ । बहराइन सरकारले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशबाट आउने यात्रुमध्ये बहराइनी नागरिक, गल्फ को–अपरेसन काउन्सिलका नागरिक तथा बहराइनी रेसिडेन्ट भिसा बाहकलाई मात्र प्रवेश अनुमति दिइने जनाएको छ ।

बहराइनस्थित नेपाली दूतावासले बहराइनबाट नेपाल फर्कँदा यात्रा गर्नेहरूले अनिवार्य १० दिन क्वारेन्टिनमा रहनु पर्ने जनाएको छ । यात्रुहरूले यात्रा पूर्व अधिकतम ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको, क्यूआर कोडसहितको, नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ । बहराइन १० दिन भन्दा बढी बस्ने यात्रुहरूका लागि एयरपोर्ट आगमन पश्चात बिडी. ३६ ( सबै खर्च) भुक्तान गरी एयरपोर्टमा पहिलो पटक तथा पाँचौ र दसौं दिनमा समेत पीसीआर परीक्षण गर्नु पर्ने जनाइएको छ ।

यसैगरी, बहराइनमा पछिल्लो केही दिन यता कोरोना संक्रमण दर बढेकाले संक्रमण नियन्त्रण गर्न जेठ २० सम्मका लागि सरकारी कार्यालय, सपिङ मल, रेष्टुरेन्ट, सिनेमा घरलगायतका स्थानमा १८ वर्ष उमेर माथि तथा दोश्रो खोप लगाएको १४ दिन भन्दा बढी भएका र कोरोना संक्रमण भइ निको भइसकेका व्यक्तिले मात्र प्रवेश अनुमति पाउने नियम बनाएको छ । ती स्थानहरूमा प्रवेशका लागि प्रमाण स्वरूप बिवेयर एपलिकेसनमा ग्रीन सिल्ड देखाउन अनिवार्य गरिएको छ । साथै, निजी, भेला समारोहमा समेत अधिकतम ६ जनाको सहभागिता निश्चित गरिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि जारी मापदण्डहरू अवज्ञा गर्नेलाई बहराइनी दिनार १ हजारदेखि अधिकतम १० हजारसम्म वा कम्तीमा ३ महिना कारावास सजाय हुनसक्ने बहराइन सरकारको सम्बन्धित निकायहरूले जनाएका छन् ।

खोप नलगाएका नेपालीलाई त्यहाँको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन नेपाली समुदायमा दूतावासले अनुरोध समेत गरेको छ । यसैगरी, १० गते सोमबारबाट अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा प्राप्त गर्न दूतावासमा जान आवश्यक हुने नेपालीलाई फोन सम्पर्क तोकिएको समयमा मात्र कार्यालयमा उपस्थित अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो