२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुला

१३ जेष्ठ २०७८, बिहीबार १५:१४

जेठ १३, काठमाडौँ । नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । 

बिहिबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खोल्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो  । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको हो । हाललाई तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिएको छ । 

मन्त्रिपरिषदको वैठकले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निर्णय समेत गरेको छ । एउटा खोप मात्र लगाएका तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंकै होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ । 

खोप नलगाएकाहरुले ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट देखाएर नेपाल आउन पाउने तर १० दिन अनिवार्य आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । 

उड्डयन मन्त्रालयका अधिकारीहरुले यस अघिनै जेठ १८ गते देखि हवाई उडान खोल्ने गरि तयारी गरिएको बताएका थिए । उडान खोलेपनि सामान्य अवस्थामा झैँ धेरै उडानहरु भने नहुने बताइएको थियो । 

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २३ गते मध्यरातिदेखि भारतबाहेक सबै मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो