२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वदेश फर्किन चाहने श्रमिकलाई अविलम्व फर्काएर तत्कालीन व्यवस्थापन मिलाउ’

१४ जेष्ठ २०७८, शुक्रबार ०६:३८

जेठ १४, काठमाडौँ । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् । कोभिड १९ को दोश्रो लहरका बीच विदेशबाट फर्किनेहरुको तत्कालिन व्यवस्थापन कहाँ गर्ने, खर्चको व्यवस्थापन, कानुनी परामर्श, परिवारमा सहज पुन:स्थापना, गोपनीयता र आर्थिक तथा सामाजिक पुनर्एकीकरणमा कसरी जोड्ने भन्ने विषयमा आवश्यक कदम चाल्न पनि सवै सरकारी निकायलाई ति संस्थाहरुले आग्रह गरेका हुन् ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, महिला तथा बालबालिका बेचविखनविरुद्द सहकर्मी समूह नेपाल (एटविन), श्रम रोजगार पत्रकार समूह, वैदेशिक रोजगार पत्रकार समाज, नेशनल नेटवर्क अगेन्स्ट गल्र्स ट्राफिकिङ् तथा ईन्टर जेनेरेशनल फेमिनिष्ट फोरमले एक विज्ञप्ती प्रकाशित गर्दै सरकारलाई यस्तो आग्रह गरेका छन् ।

विज्ञप्तीमा वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकहरूले आर्जन गरी पठाएको विप्रेषण (रेमिटेन्स) ले स्वदेशमा रहेका उनीहरूको घरपरिवारका साथै सिङ्गो नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याएको स्मरण गर्दै श्रमिकलाई भैपरी आउने महामारीको अवस्थामा पनि द्रुत उद्धार गर्नुपर्नेमा नेपाल सरकारले कम चासो दिएको विगतको अनुभवले पनि देखाएको उल्लेख छ । सरकारले गत वैशाख २३ गते मध्यरात देखि अन्तराष्ट्रिय उडानहरु रोकेपछि त्यसको प्रभाव खाडी तथा मलेसियामा कार्यरत र नेपाल फर्किने तयारीमा रहेका श्रमिकहरुमा परेको विज्ञप्तीमा उल्लेख छ । कतिपय श्रमिकको भिसाको अवधि सकिएर टिकट लिएर स्वदेश फर्किने तयारीमा रहेपनि उडान रोकिंदा कम्पनीको होष्टेलमा समेत बस्न नपाएर होटेलमा महङ्गो भाडा तिरेर बस्नुपर्ने अवस्था आइपरेको भन्दै सो समस्या सम्वोधनका लागि ध्यान दिन सरकार तथा सम्वन्धित सरकारी निकायहरुलाई आग्रह गरिएको छ ।

ति सस्थाहरुले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आप्रवासी श्रमिक तथा परिवारका सदस्यहरूलाई विपद्को घडिमा महामारी रोकथामका लागि उच्च मनोबलका साथ स्वास्थ्य मापदण्ड पालना गरी सहयोग गर्न पनि अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो