२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वदेश फर्किन चाहने श्रमिकलाई अविलम्व फर्काएर तत्कालीन व्यवस्थापन मिलाउ’

२०७८, १४ जेष्ठ शुक्रबार ०६:३८

जेठ १४, काठमाडौँ । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् । कोभिड १९ को दोश्रो लहरका बीच विदेशबाट फर्किनेहरुको तत्कालिन व्यवस्थापन कहाँ गर्ने, खर्चको व्यवस्थापन, कानुनी परामर्श, परिवारमा सहज पुन:स्थापना, गोपनीयता र आर्थिक तथा सामाजिक पुनर्एकीकरणमा कसरी जोड्ने भन्ने विषयमा आवश्यक कदम चाल्न पनि सवै सरकारी निकायलाई ति संस्थाहरुले आग्रह गरेका हुन् ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, महिला तथा बालबालिका बेचविखनविरुद्द सहकर्मी समूह नेपाल (एटविन), श्रम रोजगार पत्रकार समूह, वैदेशिक रोजगार पत्रकार समाज, नेशनल नेटवर्क अगेन्स्ट गल्र्स ट्राफिकिङ् तथा ईन्टर जेनेरेशनल फेमिनिष्ट फोरमले एक विज्ञप्ती प्रकाशित गर्दै सरकारलाई यस्तो आग्रह गरेका छन् ।

विज्ञप्तीमा वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकहरूले आर्जन गरी पठाएको विप्रेषण (रेमिटेन्स) ले स्वदेशमा रहेका उनीहरूको घरपरिवारका साथै सिङ्गो नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याएको स्मरण गर्दै श्रमिकलाई भैपरी आउने महामारीको अवस्थामा पनि द्रुत उद्धार गर्नुपर्नेमा नेपाल सरकारले कम चासो दिएको विगतको अनुभवले पनि देखाएको उल्लेख छ । सरकारले गत वैशाख २३ गते मध्यरात देखि अन्तराष्ट्रिय उडानहरु रोकेपछि त्यसको प्रभाव खाडी तथा मलेसियामा कार्यरत र नेपाल फर्किने तयारीमा रहेका श्रमिकहरुमा परेको विज्ञप्तीमा उल्लेख छ । कतिपय श्रमिकको भिसाको अवधि सकिएर टिकट लिएर स्वदेश फर्किने तयारीमा रहेपनि उडान रोकिंदा कम्पनीको होष्टेलमा समेत बस्न नपाएर होटेलमा महङ्गो भाडा तिरेर बस्नुपर्ने अवस्था आइपरेको भन्दै सो समस्या सम्वोधनका लागि ध्यान दिन सरकार तथा सम्वन्धित सरकारी निकायहरुलाई आग्रह गरिएको छ ।

ति सस्थाहरुले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आप्रवासी श्रमिक तथा परिवारका सदस्यहरूलाई विपद्को घडिमा महामारी रोकथामका लागि उच्च मनोबलका साथ स्वास्थ्य मापदण्ड पालना गरी सहयोग गर्न पनि अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस