२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा रहेका लाखौँ नेपालीलाई बजेटले कहाँ-कहाँ सम्वोधन गर्यो ?

१५ जेष्ठ २०७८, शनिबार १५:४६

जेठ १५, काठमाडौँ | आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भएको छ । प्रस्तुत बजेटमा देशको अर्थतन्त्र धान्नमा झन्डै एक तिहाई भूमिका खेलेको वैदेशिक रोजगार क्षेत्रलाई सरकारले कहाँ-कहाँ सम्वोधन गर्यो ? ध्यानाकर्षण हुने बिषय हो ।

बजेटको पूर्ण पाठबाट वैदेशिक रोजगारलाई सम्बोधन भएका कुराहरु निम्न रहेका छन्  । 

१. श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका श्रमिकको सीप विकास गरी क्षमता अभिवृद्धि गर्न हस्तकला, प्लम्बिङ्ग, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कुक, कालिगढ, सिकर्मी, डकर्मी, सिलाई कटाई, ब्युटिसियन, कपाल कटाई, सवारी साधन तथा मोवाइल मर्मत लगायतका व्यवसायमा थप १ लाख व्यक्तिलाई सीप विकास तालिम प्रदान गर्न रु. 40 करोड विनियोजन गरेको छु ।

२. विदेशमा रहेका नेपालीको हित संरक्षण, संक्रमण जोखिमबाट सुरक्षा तथा मर्यादित रोजगारीको निरन्तरताका लागि देशस्थित नियोगलाई परिचालन गरिनेछ ।

३. प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्‍चित गर्न तयारी कार्य अघि बढाइनेछ। राहदानी सेवालाई सुरक्षित र भरपर्दो बनाउन आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी लागू गरिनेछ।

४. विदेशमा रहेका नेपालीको हित संरक्षण, संक्रमण जोखिमबाट सुरक्षा तथा मर्यादित रोजगारीको निरन्तरताका लागि विदेशस्थित नियोगलाई परिचालन गरिनेछ । 

५. अन्तर्राष्‍ट्रिय व्यापार, सुरक्षित वैदेशिक रोजगारी, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि परिभाषित जिम्मेवारी सहित देशस्थित कुटनीतिक नियोगलाई थप क्रियाशील बनाइनेछ ।

६. लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिनेछ। यसका लागि पाँच प्रतिशत ब्याज अनुदान दिन रु. १३ अर्ब विनियोजन गरेको छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो