२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा रहेका लाखौँ नेपालीलाई बजेटले कहाँ-कहाँ सम्वोधन गर्यो ?

२०७८, १५ जेष्ठ शनिबार १५:४६

जेठ १५, काठमाडौँ | आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भएको छ । प्रस्तुत बजेटमा देशको अर्थतन्त्र धान्नमा झन्डै एक तिहाई भूमिका खेलेको वैदेशिक रोजगार क्षेत्रलाई सरकारले कहाँ-कहाँ सम्वोधन गर्यो ? ध्यानाकर्षण हुने बिषय हो ।

बजेटको पूर्ण पाठबाट वैदेशिक रोजगारलाई सम्बोधन भएका कुराहरु निम्न रहेका छन्  । 

१. श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका श्रमिकको सीप विकास गरी क्षमता अभिवृद्धि गर्न हस्तकला, प्लम्बिङ्ग, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कुक, कालिगढ, सिकर्मी, डकर्मी, सिलाई कटाई, ब्युटिसियन, कपाल कटाई, सवारी साधन तथा मोवाइल मर्मत लगायतका व्यवसायमा थप १ लाख व्यक्तिलाई सीप विकास तालिम प्रदान गर्न रु. 40 करोड विनियोजन गरेको छु ।

२. विदेशमा रहेका नेपालीको हित संरक्षण, संक्रमण जोखिमबाट सुरक्षा तथा मर्यादित रोजगारीको निरन्तरताका लागि देशस्थित नियोगलाई परिचालन गरिनेछ ।

३. प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्‍चित गर्न तयारी कार्य अघि बढाइनेछ। राहदानी सेवालाई सुरक्षित र भरपर्दो बनाउन आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी लागू गरिनेछ।

४. विदेशमा रहेका नेपालीको हित संरक्षण, संक्रमण जोखिमबाट सुरक्षा तथा मर्यादित रोजगारीको निरन्तरताका लागि विदेशस्थित नियोगलाई परिचालन गरिनेछ । 

५. अन्तर्राष्‍ट्रिय व्यापार, सुरक्षित वैदेशिक रोजगारी, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि परिभाषित जिम्मेवारी सहित देशस्थित कुटनीतिक नियोगलाई थप क्रियाशील बनाइनेछ ।

६. लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिनेछ। यसका लागि पाँच प्रतिशत ब्याज अनुदान दिन रु. १३ अर्ब विनियोजन गरेको छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस