२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि प्रत्येक बुधबार श्रम स्वीकृति दिइने

१८ जेष्ठ २०७८, मंगलवार ०७:१५

जेठ १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल आगामी बुधबारबाट हप्ताको एक दिन खुल्ने भएको छ । मंगलबारबाट केही श्रम गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडान सुचारु हुने भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको अीन्तम श्रम स्वीकृति दिन अर्को सूचना नभएसम्म हप्ताको एक दिन बुधबार कार्यालय खुलाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए । 

उक्त दिन अन्तिम स्वीकृतिको काम मात्र हुने बताइएको छ । ताहाचल कार्यालयले निशेषज्ञाको अवस्थामा अनलाइन मार्फत पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । महासचिव श्रेष्ठले व्यवसायी तथा कामदारहरुलाई श्रम स्वीकृति लिने विषयमा केही थप जानकारी लिनु परेमा संघको फेसबुक पेज, संघको मेलमा सम्पर्क वा म्यासेज गर्न आग्रह गरेका छन् ।

गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको थियो । सो अनुसार मंगलबारदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा अन्तर्राष्ट्रिय उडान हुने छ ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको तीव्र संक्रमण बढेपछि सरकारले गत बैशाख २० गतेदेखि आन्तरिक र २३ देखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोकेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले नेपाली कामदारका प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना संक्रमण नियन्त्रणमा आई आर्थिक गतिविधि बढेको भन्दै नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो