२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट स्वदेश फर्कने नेपालीहरु पाँच दिन होटेल क्वारेन्टिन बस्नुपर्ने, खर्च आफैं व्यहोर्नुपर्ने

२०७८, १८ जेष्ठ मंगलवार १०:४९

जेठ १८, काठमाडौँ । सरकारले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ । नयाँ मापदण्ड अनुसार अब खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन होटेल क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक/एक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापदण्ड बनाएको हो । मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइनेछ ।

आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु (नेपाली–विदेशी)लाई भने अनिवार्य १० दिन होटेल क्वारेन्टिनको प्रावधान दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वारेन्टिनको खर्च भने यात्रु स्वयंको हो । १० दिन होटेल क्वारेन्टिनपछि भने कोरोनाको लक्षण देखिएका व्यक्तिले पीसीआर परीक्षण गर्नुपर्छ । पीसीआर परीक्षण गर्दा कोभिड पोजेटिभ आएमा १० दिन आइसोलेसन सेन्टर, अस्पताल वा तोकिएको होटेलमै बस्नु पर्नेछ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु घर/गन्तव्यमा जान सक्ने भएका छन् । तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने भएको छ ।

दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने भएको छ ।

कोभिड नियन्त्रणमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा तोकिएको गन्तव्यमा १० दिन क्वारेन्टिन बस्ने गरी जान दिइने भएको छ ।

ठमेल, सुन्धारा, गोंगबु र कलंकी घना बस्ती भएका क्षेत्रमा पर्ने भएकोले कोरोना संक्रमण नियन्त्रण गर्न ती क्षेत्रका होटेललाई क्वारेन्टिन होटेलका रुपमा सूचीकृत नगर्ने निर्णय सरकारले गरेको हो । होटेल क्वारेन्टिनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले पाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस