२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ २६ गतेदेखि हरेक बुधवार श्रम स्वीकृति दिईने

२१ जेष्ठ २०७८, शुक्रबार ०९:४५

मनोज पराजुली । जेठ २१, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाण्डौले आगामी हप्तादेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । जेठ २६ गतेदेखि हरेक बुधवार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचल कार्यालयका सूचना अधिकारी छत्र शाहले साझा सबाललाई जानकारी दिए ।

कोभिड – १९ संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरि गत बैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवाहरु बन्द गरेको थियो । यो बिचमा अनलाइन मार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । 

यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो । व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए  । 

ताहाचल कार्यालयले श्रम स्वीकृति खुला गरेपनि देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण  भिसा लिइसकेका व्यक्तिलाई काठामाडौंसम्म आउन समस्या छ । अभिमुखीकरण तालिम अनिवार्य रुपमा उपस्थित भएर २ दिनको कक्षा लिनुपर्ने हालको बाध्यकारी व्यवस्थाका कारण पनि निषेधाज्ञाको समयमा तालिम लिन सम्भव देखिंदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो