वैदेशिक रोजगार: पुर्वस्वीकृति दिने क्रम जारी, म्यानपावरले अन्तर्वार्ता लिने क्रम पनि जारी

Posted on: 06 Jun, 2021

जेठ २३, काठमाडौँ | कोरोनाको कारण निषेधाज्ञा लगाइएको अवस्थामा पनि वैदेशिक रोजगार बिभागले पुर्व स्वीकृति दिईरहेको र म्यानपावरहरुले अन्तर्वार्ताको मिति तोकेरै वैदेशिक रोजगारको प्रक्रिया अगाडी बढाईरहेका छन् । 

वैदेशिक रोजगार बिभागले पछिल्लो केहि दिन यता कतार र साउदी पठाउनको लागि पुर्व स्वीकृति दिईरहेको छ । एक म्यानपावरले २०० जना भन्दा बढीको डिमाण्डमा रोमानियामा कामदारको माग सहितको विज्ञापन गरेको छ । जसको अन्तर्वार्ता मिति समेत जेठ भित्रै तोकिएको छ । बिभागले रोमानियाको मागमा पुर्व स्वीकृति गत बिहिबार मात्र दिएको छ ।

त्यस्तै केहि म्यानपावरहरुले पहिलेनै लिएको पुर्व स्वीकृतिको आधारमा जेठ महिनाभित्रकै मितिमा फाइनल अन्तर्वार्ताको मिति राखेर दैनिक पत्रिकाहरुमा बिज्ञापन गर्न थालेका छन् । केहि म्यानपावरले अन्तर्वार्ता अनलाइनबाट हुने भन्दै बिज्ञापन दिए पनि अधिकांशले अन्तर्वार्ता मिति मात्र उल्लेख गरेका छन् । केहि म्यानपावरले कार्यालयको सम्पर्क नम्बर मात्र दिएर अन्तर्वार्ताको मिति जेठ भित्रै हुने उल्लेख गरेका छन् । यसरी मिति तोकेर बिभागबाट पुर्वस्वीकृतिनै लिएर विज्ञापन गरेकाहरुको कार्यालयमा सम्पर्क गर्दा फोन भने नउठेको गुनाशो पनि आईरहेका छन् । यसैबीच केहि म्यानपावरले भने अनलाइनबाटनै अन्तर्वार्ता लिईरहेको साझा सबाललाई जानकारी दिएका छन् । 

बैदेशिक रोजगार बिभागको अनुसार अहिले वैदेशिक रोजगारको पुर्व स्वीकृति दिने काम जारी छ । केहि म्यानपावरले 'रोमानिया, कतार र साउदीमा रोजगारको अवसर'को विज्ञापन समेत पत्रिकाहरु मार्फत सार्वजनिक गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!