२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब वैदेशिक रोजगार श्रम स्वीकृति दिने सेवा सातामा दुई दिन

२६ जेष्ठ २०७८, बुधबार १४:२४

जेठ २६, काठमाण्डौ | वैदेशिक रोजगार अन्तर्गत ताहाचल स्थित श्रम कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले यस सम्बन्धमा जानकारी गराएको हो । 

यसअघि श्रम कार्यालयले हरेक साताको बुधारबार एक दिन बायोमेट्रिक नभएका श्रमिकलाई श्रम स्वीकृति दिने जनाएको थियो । अब भने हप्तामा दुई दिन श्रम स्वीकृति दिइनेछ । बुधबारको अलावा आइतबार पनि श्रम स्वीकृति प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ ।

श्रम कार्यालयले जारी गरेको सूचनामा लेखेको छ 'यो व्यवस्था यसअघि बायोमेट्रिक नभएका व्यक्तिहरुको लागि मात्र भएको हुँदा बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई अनलाइनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेको हुँदा त्यस्ता व्यक्ति भौतिक रुपमा उपस्थित नभईदिनुहुन अनुरोध छ ।

कोरोना महामारी बढ्दै गएपछि ताहाचलस्थित श्रम कार्यालय गत वैशाख २४ गतेदेखि स्थगित भएको थियो । तर सरकारले जेठ १८ गतेदेखि श्रम गन्तव्य देशहरु कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले अहिले व्यक्तिगत श्रम स्वीकृति लिन भौतिक रुपमै सेवा दिन थालेको छ  । अनलाइनबाट पुन: श्रम स्वीकृति भने जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो