साउन, काठमाडौं । सामान्यतया म्यानपावर कम्पनी, ऐजेन्ट तथा रोजगारदाता कम्पनीबाट कामदारहरू ठगीमा परेका समाचारहरू प्रकाशन प्रसारण भइरहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौं । सामान्यतया म्यानपावर कम्पनी, ऐजेन्ट तथा रोजगारदाता कम्पनीबाट कामदारहरू ठगीमा परेका समाचारहरू प्रकाशन प्रसारण भइरहेक"/>
२०८२, १९ चैत्र बिहीबार
काठमाडौँ - KTM

ठग म्यानपावर मात्र हैनन्, कामदारले पनि ठग्छन् !

२०७३, २८ श्रावण शुक्रबार ११:०४

साउन, काठमाडौं । सामान्यतया म्यानपावर कम्पनी, ऐजेन्ट तथा रोजगारदाता कम्पनीबाट कामदारहरू ठगीमा परेका समाचारहरू प्रकाशन प्रसारण भइरहेको हालको अवस्थामा वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईले कामदारबाट पनि म्यानपावरहरू ठगीने गरेको बताएकी छन् ।

विभागका अनुसार केहि कामदारहरूले अनावश्यक रूपमा म्यानपावर कम्पनी विरुद्ध उजुरी पेश गरी म्यानपावर कम्पनीलाई समस्या पार्ने गर्छन् । विभागकी निर्देशक भट्टराईले भनिन्, ‘खासगरी रोजगारीको लागी खाडी मुलुकमा जाने केहि कामदारहरू विदेश गएको केहि समय पछि ‘होम सिक’ हुने र विभिन्न वहानामा काम नगर्ने गर्दछन् जसले गर्दा म्यानवापर कम्पनीले कामदारलाई स्वदेश झिकाउन बाध्य हुन्छ ।

तिनै कामदारहरूले सम्वन्धित निकायमा म्यानपावर विरुद्ध नै उजुरी पेश गरी समस्यामा पार्ने गरेका उदाहरणहरू पनि प्रशस्त भेटिएका छन् ।’ उनकाअनुसार गलत आचरणका युवाहरूलाई अभिभावकहरूले सुधार्ने उद्देश्ले वैदेशिक रोजगारीको लागी पठाउने र उनीहरूले विभिन्न समस्या पार्ने गर्दछन् ।

भट्टाईले नेपालमा औद्योगीक समाज नभएकाले आम मानिसको औद्योगीक मानसिकता नहुने बताइन् । जसले गर्दा रोजगारदाता मुलुकमा कामदारको मानसिकता मेल खादैन । यस्ता कामदारहरूले समस्या उत्पन्न गराउने गरेका सवालहरू ओझेलमा परेको बताइन् ।

उनकाअनुसार वैदेशिक रोजगारीको लागी विदेश जाने कामदारहरूले सम्वन्धीत मुलुकको ऐन, नियम नबुझेकाले पनि समस्या उत्पन्न गराँउदछन् उनले रोजगारदाता कम्पनीले कति समयको अन्तरालमा तलब दिने हो, कम्पनीको सेवा सुविधा के छ त्यो नबुझि अनावश्यक विरोध गरेर पनि समस्या पार्ने उल्लेख गरिन् ।

उनले नेपालमा राजनिति गर्ने गरेको मानिस खाडी मुलुकमा रोजगारीको लागि जाँदा अनावश्यक विषयमा राजनीति गर्ने प्रयास गर्दा समस्या पर्ने गरेको बताइन् । भट्टराईले भनिन्, ‘जुन देशमा त्यहिँको नागरीकलाई पनि मानवधिकारको प्रत्याभुति हुदैन, त्यहाँ हाम्रा कामदारले अनावश्यक रूपमा मानव अधिकारको दावी गर्दा झनै समस्या पर्ने गर्छ ।’

उनले यस्ता गतिविधिमा संलग्न कामदार नेपाल फर्किएपछि म्यानपावर कम्पनीलाई उल्टै समस्यामा पार्ने गरिएको पनि बताइन् ।   समाचार स्रोत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी