२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनाभित्र कतार प्रवेश गर्ने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने

२८ असार २०७८, सोमबार ०५:४५

असार २८, काठमाडौं ।  घरविदामा नेपाल गइ कोभिडका कारण अड्किएका नेपाली ६ महिनाभित्र सहजै कतार फर्किन पाउने भएका छन् । आवसीय भिसा प्राप्त तथा वर्क (श्रमिक) भिसा वाहकले ६ महिनाभित्र कतार फर्किदा अपवाद प्रवेश अनुमति ( एक्सेप्सनल ‘इन्ट्री परमिट’ नचाहिने भएको हो ।

यो नियम १२ जुलाइबाट कार्यान्वयनमा आउने बताइएको छ । यसअघि कतारले कोरोना महामारीको बीचमा फर्किनेले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको थियो । विमानस्थल पासपोर्ट विभाग अन्तर्गतका प्रशासनिक मामिला प्रमुख मेजर अब्दुल्लाह अल–जास्मिले सोमबारदेखि अनुमति नचाहिने जानकारी दिएका छन् ।

उनले स्थानीय सञ्चार माध्यमालाई जानकारी दिँदै भनेका छन्,‘यदि कतारको वैधानिक आवासीय अनुमति छ र, उनीहरु कतार बाहिर ६ महिनाभन्दा कम समय बसेको छन् भने ‘एक्सेप्सनद इन्ट्री परमिट’ विना नै कतार प्रवेश गर्न पाउनेछन्।’

त्यस्तै विशेष परिस्थितिले ६ महिना कतार बाहिर बस्नु परेका कारण आवासीय अनुमति (आइडी कार्ड) को म्याद समाप्त भएका पनि आवश्यक प्रक्रिया पूरा गरेर कतार फर्किन पाउनेछन् । त्यस्ता व्यक्तिले कतारको इ–गगभर्मेन्ट वेबसाइट ‘हुकूमि’ वा ‘मेट्रास’ मार्फत  प्रक्रिया पूरा गरी शुल्क तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो