२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने

१४ श्रावण २०७८, बिहीबार ०५:१९

साउन १४, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्यमध्येको एक खाडी मुलुक ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने भएको छ ।ओमानका लागि नेपाली राजदूत सर्मीला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्रालयका सचिव शेख नासेर विन अमिर अल होस्नीबीच भएको द्विपक्षीय भेटवार्तामा ओमानले दक्ष स्वास्थ्यकर्मी लैजाने इच्छा गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा राजदूत ढकालले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रक्रिया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको जटिलताको सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।नेपालबाट ओमानमा दक्ष स्वास्थ्यकर्मीहरू उपलब्ध गराउन सकिनेलगायत श्रम कूटनीतिका विविध विषयमा आफ्नो धारणा राखेको राजदूत ढकालले बताइन् ।

सचिव शेख नासेरले पनि श्रम सम्झौतामा भएको पछिल्लो प्रगतिको जानकारी गराउँदै कोरोना महामारी (कोभिड-१९ ) ले व्यावसायिक क्षेत्रमा थप जटिलता निम्त्याएकोले श्रम सम्बन्धी विषयहरूमा एक अर्को पक्षसँग सहकार्य गर्दै समस्त श्रमिक बर्गहरूलाई हित हुने कार्य गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो