२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच महिनादेखि तलब दिएको छैन, भोकमरीले साउदीमै मर्ने भइयो, सरकार !

२०७३, ३१ श्रावण सोमबार ०३:३३

साउन ३१, काठमाडौँ | साउदीमा २२ जना नेपालीहरुले आफुहरु समस्यामा परेको भन्दै उद्दारको लागि पहल गरिदिन आग्रह गरेका छन् । कामको शिलशिलामा सामाखुसी स्थित एक म्यानपावरबाट साउदीको Al Habbari कम्पनीमा पुगेका ति नेपालीहरुले ५ महिना पुगिसक्दा पनि कम्पनीले तलब नदिएको कारण काम छाडेर कोठामै बसेको बताएका छन् । 

'तलब नपाएपछि काम नगरी कोठामा बस्दै आएका छौं' एक नेपालीहरुले भने । खान समेत नपाएको भन्दै उनले भने 'पाँच महिनादेखि तलब दिएको छैन, भोकमरीले साउदीमै मर्ने भइयो ।' उनीहरुले नेपाल सरकारसँग आफुहरुको उद्दारको पहल गर्न आग्रह गर्दै भनेका छन् 'हामीलाई नेपाल सरकारले उद्दार गरिदिनु पर्यो, म्यानपावरले पनि हाम्रो समस्या सुन्दैन ।' 

साझा सबाल मिडियालाई सहयोगको याचना गरेका उनीहरुले आफ्नो हस्ताक्षर सहितको नाम लिस्ट र उनीहरुको समस्या तल यसरी लेखेका छन् । 

पिडितहरुको आग्रहमा म्यानपावर र एजेन्टको नाम छोपिएको छ । पिडितहरुले म्यानपावरले बिभिन्न बहानामा दु:ख दिन सक्ने भन्दै म्यानपावर र एजेन्टहरुको नाम छोपिदिन आग्रह गरेका हुन् । 

खानको लागि समेत पैसा नभएपछी उनीहरुमध्ये केहि खान नपाएर बिरामी समेत परेको बताइएको छ । उद्दारको लागि पहल गर्नेमध्य एक नेपालीको अनुसार उक्त कम्पनीमा दुई हजार नेपालीले काम गर्दै आएका छन् । त्यहाँ कार्यरत सबैको स्थिति निकै नाजुक छ, खान नपाएर भोकमरी लागेको छ, सरकारी निकायलाई समेत यो बिषयमा खबर भएपनि कुनै सुनुवाई नभएको उनले गुनाशो गरे । उनले भने 'अझै केहि दिन त संघर्षमै बाचिएला तर कति दिनसम्म भोकै बस्नुपर्ने हो थाहा छैन ।' 

तलको तश्विरमा उद्दारमा पहल गरेका नेपालीहरु: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी