१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच महिनादेखि तलब दिएको छैन, भोकमरीले साउदीमै मर्ने भइयो, सरकार !

३१ श्रावण २०७३, सोमबार ०३:३३

साउन ३१, काठमाडौँ | साउदीमा २२ जना नेपालीहरुले आफुहरु समस्यामा परेको भन्दै उद्दारको लागि पहल गरिदिन आग्रह गरेका छन् । कामको शिलशिलामा सामाखुसी स्थित एक म्यानपावरबाट साउदीको Al Habbari कम्पनीमा पुगेका ति नेपालीहरुले ५ महिना पुगिसक्दा पनि कम्पनीले तलब नदिएको कारण काम छाडेर कोठामै बसेको बताएका छन् । 

'तलब नपाएपछि काम नगरी कोठामा बस्दै आएका छौं' एक नेपालीहरुले भने । खान समेत नपाएको भन्दै उनले भने 'पाँच महिनादेखि तलब दिएको छैन, भोकमरीले साउदीमै मर्ने भइयो ।' उनीहरुले नेपाल सरकारसँग आफुहरुको उद्दारको पहल गर्न आग्रह गर्दै भनेका छन् 'हामीलाई नेपाल सरकारले उद्दार गरिदिनु पर्यो, म्यानपावरले पनि हाम्रो समस्या सुन्दैन ।' 

साझा सबाल मिडियालाई सहयोगको याचना गरेका उनीहरुले आफ्नो हस्ताक्षर सहितको नाम लिस्ट र उनीहरुको समस्या तल यसरी लेखेका छन् । 

पिडितहरुको आग्रहमा म्यानपावर र एजेन्टको नाम छोपिएको छ । पिडितहरुले म्यानपावरले बिभिन्न बहानामा दु:ख दिन सक्ने भन्दै म्यानपावर र एजेन्टहरुको नाम छोपिदिन आग्रह गरेका हुन् । 

खानको लागि समेत पैसा नभएपछी उनीहरुमध्ये केहि खान नपाएर बिरामी समेत परेको बताइएको छ । उद्दारको लागि पहल गर्नेमध्य एक नेपालीको अनुसार उक्त कम्पनीमा दुई हजार नेपालीले काम गर्दै आएका छन् । त्यहाँ कार्यरत सबैको स्थिति निकै नाजुक छ, खान नपाएर भोकमरी लागेको छ, सरकारी निकायलाई समेत यो बिषयमा खबर भएपनि कुनै सुनुवाई नभएको उनले गुनाशो गरे । उनले भने 'अझै केहि दिन त संघर्षमै बाचिएला तर कति दिनसम्म भोकै बस्नुपर्ने हो थाहा छैन ।' 

तलको तश्विरमा उद्दारमा पहल गरेका नेपालीहरु: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार