२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि क्यूआर कोडसहितको कोरोना खोपकार्ड लिन सकिने, यस्तो छ तरिका

२१ श्रावण २०७८, बिहीबार ०७:११

साउन २१, काठमाडौं । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान चाहने नागरिकहरूका लागि सरकारले क्यूआर कोड सहितको कोरोनाको विद्युतीय खोपकार्ड जारी गर्न थालेको छ । खोप प्रमाणीकरणका लागि घन्टौंसम्म लाइन बस्दा समेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेपछि सरकारले आजदेखि क्यूआर कोड सहितको कोरोनाको विद्युतीय खोपकार्ड जारी गर्न शुरु गरेको हो ।

यसका लागि साउन २१ देखि यहाँ क्लिक गरी अनलाइन पोस्ट रजिष्ट्रेसन (Online Post Registration) गरी त्यहाँ उल्लेख भएअनुसारका विवरण तथा कागजात अपलोड गर्नुपर्ने हुन्छ । अनलाइन पोस्ट रजिष्ट्रेसन गर्न असमर्थ हुनुहुन्छ भने २०७८ साउन २१ देखि (बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शनिबार समेत) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा उपस्थित भएर यो कार्ड लिन सकिनेछ ।

त्यसका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपी, खोप कार्डको फोटोकपी र कबुलियतनामा आवश्यक पर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

यहाँ क्लिक गरी कबुलियतनामा फाराम भर्ने स्थानमा गएर कबुलियतनामा कागजात डाउनलोड गर्न सकिनेछ । यसैगरी तीन दिनभित्र विदेश जान चाहनेहरूका लागि थप कागजात आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

जसमा भिषा र टिकटको फोटोकपी चाहिने उल्लेख छ । क्यूआर कोड सहितको विद्युतीय कोरोना खोप कार्डको विषयमा थप जानकारी आवश्यक भएको खण्डमा दीपक झा नाम गरेका कर्मचारीलाई ९८४३२८४३५२ मा सम्पर्क गर्न सकिनेछ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो