२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा बिभिन्न ५४ मुलुकमा गएका डेढलाख कामदार कोभिड महामारीको प्रभावमा

२०७८, २३ श्रावण शनिबार ०२:०१

साउन २३, काठमाडौँ | विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोभिडका कारण गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ। २९ देशमा रहेका नेपालीले विदेशमा ज्यान गुमाएका हुन्। संघको स्वास्थ्य समितिकाअनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोभिडबाट प्रभावित भएका छन्। 

संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ। यसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडमुक्त भइसकेका छन्। 

विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन्। उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ। स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।

कोभिडकै कारण वैदेशिक रोजगारीको आकार खुम्चिएको छ। पछिल्लो समयमा करिब डेढ लाखको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन्। कोभिड अघिसम्म बर्सेनि करिब ५ लाखको संख्यामा वैदेशिक रोजगारीमा नेपाली जाने गरेका थिए। कोभिडका कारण विदेशबाट रोजगारी गुमाएर फर्किनेको संख्या ५ लाख नाघेको छ। नेपालमा रोजगारीको अवसर सिर्जना गर्न ध्यान नदिइएकाले थप बेरोजगारको समस्या निम्तिएको छ। 

नेपालमै स्वरोजगार रहेका १६ लाखभन्दा बढीले रोजगारी गुमाउन बाध्य भएका छन्। नेपालसहित गन्तव्य मुलुकमा कोभिडको जोखिम दर कायमै छ। मलेसियामा मात्रै एक सातामा ३७ जनाको ज्यान गएको छ। पछिल्लो समयमा इराक र युगान्डामा पनि कोभिडको जोखिम बढेको छ।

पछिल्लो साता ती मुलुकहरूमा एक/एक जना नेपाली कामदारको निधन भएको छ। गन्तव्य मुलुकले अझै विदेशी कामदारको माग गरेका छैनन्। कोभिडविरुद्धको खोप लगाइसकेकाको हकमा प्रवेश गर्न दिने व्यवस्थाका कारण केही संख्यामा नेपाली कामदार गन्तव्य मुलुकमा जान थालेका छन्। 

- यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी