साउन ३२, काठमाडौं । सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने 
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने

३२ श्रावण २०७३, मंगलवार ०४:०२

साउन ३२, काठमाडौं । सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने एक सरकारी कार्यदलले बताएको छ ।

काबुल आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि सरकारले अफगानसहित चार देशमा जान रोक लगाएको छ । साथै अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्न कार्यदल बनाएको थियो ।

कार्यदलले मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा सुरक्षाको पूर्ण प्रत्याभूति र कार्यस्थलमा सुरक्षित राख्ने ग्यारेन्टी भए निश्चित क्षेत्रका लागि अफगानिस्तानमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ ।

अपफगानिस्तानस्थित सयुक्त राष्ट्रसंघका कार्यालय तथा दूतावासहरुमा सुरक्षा गार्डका रुपमा नेपाली कामदार जाने गरेका छन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म नेपाली कामदार पठाउन नसकिने बताएका छन् । साथै उनले यसबारे मन्त्रिपरिषद्मा छलफल गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार