साउन ३२, काठमाडौं । एयरपोर्ट वरपर युवाको एउटा समूह १५ दिनदेखि दिनभरि यता-उता भौतार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । एयरपोर्ट वरपर युवाको एउटा समूह १५ दिनदेखि दिनभरि यता-उता भौतार"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

हेल्लो सरकार ! काठमाडौंमै ठगियौं, न्याय चाहियो ? म्यानपावरबाट यसरी ठगिँदैछन् बेरोजगार युवा !

३२ श्रावण २०७३, मंगलवार ०८:०१

साउन ३२, काठमाडौं । एयरपोर्ट वरपर युवाको एउटा समूह १५ दिनदेखि दिनभरि यता-उता भौतारिरहेको छ । यो समूहमा संखुवासभाका ८ युवक छन् । वैदेशिक रोजगारीमा लागि दुबई जनका लागि घरबाट विदावारी भएर आएका उनीहरु ‘घर न घाटको’ भएका छन् ।

उनीहरु साझा पीडामा छ, विदेश गएर पैसा कमाउने सपना तुहियो । त्योभन्दा ठूलो पीडामा उनीहरु यसकारण छन् कि ऋण गरेर भेरिकर्णाली म्यानपावरलाई बुझाएको ठूलो रकम ठगिएको छ । रकम बुझेपछि म्यानपावरका निर्देशकलाई त्यही संस्थाले ‘मेरो मान्छे हैन’ भन्दै पन्छिन खोजेको छ । तर, यसलाई म्यानपावरले बुनेको जाल मान्छन्, ठगिएका युवाहरु ।

अनलाइनखबरको टिम उनीहरु बसेको होटल पुग्दा उनीहरु निराश अवस्थामा भेटिए । कोठाको ओछ्यान असरल्ल थियो । ‘टीभी हेर्नेबाहेक के नै काम छ र, म्यानपवरले धोका नदिएको भए यतिबेला दुबईको स्टार होटलमा वेटरको काम गर्दै हुन्थ्यौं होला’ एक युवकले गुनासो पोखे ।

प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले १६ लाख रुपैयाँ बुझाएपछि ठगिएका उनीहरु ठूलो तनावमा छन् । त्यसैले ठगी गर्ने म्यानपावर र रकम लिएर बेपत्ता भएका निर्देशकलाई कारवाही गर्न र आफ्नो रकम फिर्ता गराइदिन माग गर्दै उनीहरु विभिन्न निकायमा धाइरहेका छन् ।

तर, उनीहरुले सहयोगको अपेक्षा पाउने बचनभन्दा बढी तिरस्कार र अपमान भोगिरहेका छन् । तैपनि गुमेको पैसा फिर्ता पाइने झिनो आश मारेका छैनन् । यो खबर उनीहरुले घरमा भनेका छैनन्, किनकि ऋण गरेर लिइएको रकम ठगिएको कुराले तनाव मात्रै दिन्छ । त्यसैले कुराकानीमा उनीहरुले आफ्नो परिचय सार्वजनिक नगरिदिन आग्रह गरे ।

कसरी ठगियो ?

ठगिएका आठ युवामध्ये ६ जना यसअघि नै वैदेशिक रोजगारीमा गएर फर्किसकेका हुन् । २ जना भने पहिलोपटक विदेश जाने योजनामा थिए ।

विदेश जानका लागि उनीहरुले गाउँका एक युवकमार्फत भेरी-कर्णाली म्यानपावरमा सम्पर्क गरे । सम्पर्कमा आए म्यानपावरका निर्देशक नगेन्द्रबाबु आरसी । उनीसँग सम्पर्क गराउने युवक पनि ओमान जानका लागि त्यही म्यानपावरमार्फत प्रोसेसिङ गर्दै थिए ।

युवकहरु निर्देशक आरसीलाई भेट्न भेरिकर्णाली म्यानपावरको काठमाडौं मित्रपार्कस्थित कार्यालय आए । एक युवक भन्छन्-कार्यालयमा जाँदा त मोबाइल पनि लैजान नपाइने रहेछ । पुरै स्टान्डर्डसँग बसेको थियो त्यो निर्देशक । म्यानपावरको निर्देशकलाई नै भेटेर दुबई जाने भनियो । उनले पनि एक होटलका लागि डिमान्ड आएको छ भने ।’

म्यानपावरको निर्देशक भएको भिजिटिङ कार्ड नै देखाएपछि उनीहरु विश्वासमा पर्नु अस्वभाविक थिएन । त्यसपछि उनीहरुले भिसाका लागि पासपोर्ट बुझाए । केही दिनमा भिसा आएको खबर आयो र उनीहरु काठमाडौं आए । फ्लाइट फिक्स भएको भन्दै फोन गरेपछि दुई हप्ता अघि नै आठै जना युवा घरबाट विदा भएर निस्कएका थिए उनीहरु । म्यानपावरमा गएर बुझ्दा दुबईको रोयल प्यालेस होटलका लागि भिसा लागेको कागज देखाइयो ।

महिनामा ४२ हजार कमाइ हुने, आेभर टाइम पाइने लगायतका आश्वासन दिइयो । त्यसपछि खर्चबारे बुझ्दा सुरुवातमा २ लाख ३० हजार रुपैयाँ लाग्ने म्यानपावरले बतायो । उनीहरु पैसा लिएर म्यानपावर पुगे । तर, म्यानपावरमा पैसा लिँदा समस्या हुन्छ भन्दै खातामा पैसा हाल्न भन्यो । त्यसैअनुसार उनीहरुले रकम जम्मा गरिदिए । उनीहरुसँग रकम जम्मा गरेको रसिद साथैमा छ ।

तर, जब पैसा बुझे म्यानपावरको बोली फेरिन थाल्यो । सुरुवातमा उनीहरुलाई फ्लाइट क्यान्सिल भयो भनेर केहीदिन कुर्न भनियो । होटलमा ७ हजार रुपैयाँ तिरिदिएर नउडुञ्जेसम्म आफ्नै खर्चमा राख्ने आश्वासन दियो ।

गत सोमबार सोमबार बेलुका निर्देशक आरसीले फोन गरेर आफू टिकट काट्न ट्राभल एजेन्सीमा रहेको र आफूलाई थकाइ लागेकाले मंगलबार विहानै टिकट होटलमै ल्याइदिने बताएका थिए । तर, मंगलबार विहान उनको फोन स्वीच अफ भयो । त्यही पनि उनीहरु आत्तिएनन् र हवाइ टिकेट लिन म्यानपारको कार्यालय पुगे ।

तर, म्यानपावरले उनीहरुलाई भित्र छिर्न दिएन र भनियो निर्देशकले १ वर्षअघि नै काम छोडेका हुन् । १५ दिन अघि मात्रै त्यही अफिसमा उनीहरुले निर्देशक आरसीलाई भेटेका थिए । उनको कोठामा निर्देशकको बोर्ड झुण्ड्याइएको थियो । म्यानपावरको सञ्चालकलाई भेटौं भन्दा निर्देशक आरसीले आफ्नो भाउजु हुन् भन्दै आफूलाई भेट्दा हुने भन्दै टारेका थिए ।

म्यानपावरमै बसेर लुटियो 

अहिले निर्देशक आरसी लाखौं रकम लिएर बेपत्ता छन् । म्यानपावरले उनी आफ्नो आधिकारिक कर्मचारी नभएको दाबी गरिरहेको छ । तर, युवाहरु यो मान्न तयार छैनन् । ‘हामीले त्यही म्यानपावरको कार्यालयमा गएर उनलाई भेटका हौं । म्यानपावरले एकवर्ष अघि निकालेको मान्छे भए निर्देशकको बोर्ड झण्ड्याएर त्यही आफिसभित्र किन बस्छ ? किन भिजिटिङ कार्ड भेरिकर्णालीको नाममा बनाउँछ ?, ठगिएका एक युवक भन्छन् ।

उनीहरुले भनेका छन्, हामीले व्यक्तिसँग हैन, भेरिकर्णाली म्यानपावरसँग कारोबार गरेका हौं । उनले फ्री भिसा छल्न उनको व्यक्तिगत खातामा रकम जम्मा गर्न लगाएका हुन् ।’

युवाहरुको पैसा व्यक्तिगत खातामा हाल्न लगाउने म्यानपावरले अहिले आफूलाई जानकारी नै नभएको भनेर ढाँटिरहेको छ ।

यो म्यानपावर फ्री भिसा कार्यान्वयन नगरेको भन्दै गत वैशाखमा पनि कारवाहीमा परेको थियो । तर, पटक-पटक ठगी गरेपनि खारेजी नगर्ने सरकारी नीतिले युवाहरु ठगिने क्रम रोकिएको छैन ।

म्यानपावरकी सञ्चालिका कल्पना रावतले रकम लिएर भाग्ने नगेन्द्रबाबु आरसी आफ्नो जिल्लाको चिनेको भाइ भएको बताइन् । त्यसैकारण उनले आफूले म्यानपावरमा उनलाई कोठा दिएको र उसले ठग्ला भन्ने नसोचेको भन्दै आफ्नो बचाउ गरिन् ।

रावतले एकवर्ष अघिसम्म उनी आफ्नो म्यामनपावरमा कार्यरत रहेको भएपनि अहिले आफ्नो कार्यालयसँग कुनै सम्बन्ध नरहेको दाबी गरेपनि किन आरसीलाई कार्यालयमा स्थान दिइयो भन्ने अनलाइनखबरको प्रश्नमा नाजवाफ रहिन् ।

उनले आफ्नो म्यानपावरले अफिसियल रुपमा पैसा नुबुझेकाले त्यसको जिम्मेवारी नलिने भन्दै पन्छिइन् ।

न्यायको आशा

यसरी ठगिनेमा संखुवासभाका युवा मात्रै छैनन् । रोल्पाबाट आएका थुप्रै युवाको रकम लिएर आरसी बेपत्ता भएका छन् ।ठगिएका १४ जना युवाले २७ लाख ठगिएको वैदेशिक रोजगार विभाग र प्रहरीको अपराध अनुसन्धान महाशाखामा पनि उजुरी गरेका छन् । उनीहरु त्यहाँबाट न्याय पाइन्छ भन्ने झिनो आशामा छन् ।

‘विभागले एक हप्तापछि फेरि बोलाउँछु भनेको छ । तर, होटलमा ३० हजार बढीको बिल उठिसक्यो । अब त्यो रकम फिर्ता लिन सकिएन भने अरु ऋण बढ्छ’ एक युवकले निराश हुँदै भने,’सरकार फि्र भिसा भन्छ । हामीलाई फ्री भिसामा जाने भए सरकारसँगै गएर माग भन्छन् । पैसा तिरेरै जाउँ न त भनेर लाग्दा म्यानपावरभित्रै बस्नेले ठग्छन् । अनि म्यानपावर चलाउने नै भन्छ, ठग्ने मेरो मान्छे होइन ।’

अब म्यानवारले नै योजना बनाएर ठगी गरेको हुन सक्ने आशंका युवाहरुको छ । तर, प्रमाण नभएकाले उनीहरु प्रहरी र विभागको अनुसन्धानको निश्कर्षको प्रतिक्षामा छन् । उनीहरु कुनै छिनोफानो नभएसम्म घर फर्किन अप्ठेरो भएको बताउँछन् । -अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान