२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्क विहीन

२७ भाद्र २०७८, आईतवार ०७:१५

भदौ २७, पर्वत (रासस)। विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । 

पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुभएको हो । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । 

विसं २०६२ मा मलेसिया जानुभएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया विकले सबैलाई अपिल गर्नुभएको छ । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा छोराकै पिरले हामीलाई दिनको भोक र रातको निद हराएको छ ।” 

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिने गरेपनि त्यसपछि कुराकानी हुन छाडेको उहाँले बताउनुभयो । अहिले कहाँ र कस्तो अवस्था छ, कुनै आपत्विपद परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजीतकी भाउजु सम्झना विकले बताउनुभयो ।

सोह्र वर्षअघि काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजीत मलेसियाको सेलेङ्गर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजीतका आफन्त विष्णुराम विकले बताउनुभयो । चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उहाँको भनाइ छ । सर्वजीतलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजीतको अवस्था पत्ता नलागेको विकले बताउनुभयो । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सबैसँग आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट