२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारको लागि भाषा परीक्षा सम्पन्न, ६९२ परीक्षार्थी अनुपस्थित (भिडियो सहित)

२०७८, २८ भाद्र सोमबार १२:५१

अनिल अधिकारी | भदौ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा सम्पन्न गरेको छ । बिभागले तोकेको काठमाडौँका १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न भएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

भिडियो हेर्नुहोस् 


इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ७ हजार ९ जनाले प्रवेशपत्र पाएका थिए । प्रवेशपत्र प्राप्त गरेका ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिला मध्ये सोमबारको परीक्षामा ६९२ जना परीक्षार्थी अनुपस्थित भएको बिभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 


परीक्षाको नतिजा २ देखि ५ दिनभित्रमा प्रकाशन गरेर १० देखी १२ दिन भित्र अन्तर्वार्ता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरि इजरायल सरकारलाई उपलब्ध गराउने विभागको तयारी रहेको ज्ञवालीले बताए । 

ज्ञवालीले भने 'परीक्षा दिएकाहरुको कपि सिरियल छ भने परीक्षामा सहभागीहरुको ओएमआर बिधिबाट कपि चेक हुने हुँदा दुई दिनमै नतिजा दिन सकिने सम्भावना छ ।' भाषा परीक्षा पछी के हुन्छ भन्ने प्रश्नमा ज्ञवालीको अनुसार परीक्षामा सहभागी भएका महिला र पुरुषले पाएको अंकको आधारमा १६८० जना अन्तर्वार्ताको लागि छनौट हुनेछन् । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छानिने छन् । अन्तर्वार्ताको क्रममा २८० जना बाहिरिने मध्ये ३० प्रतिशत पुरुष र ७० प्रतिशत  महिला पर्नेछन् । यसरी एक हजार ४०० जनाको नाम इजरायल सरकारलाई बुझाइनेछ । दुतावासले पाएको उक्त नाममध्ये कम्प्युटर प्रविधिबाटै ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गोलाप्रथा मार्फत छानिनेगरि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि छनोट हुनेछन् । 

इजरायल सरकारले गोलाप्रथा गर्दा ४०० जना फालिने हुँदा इजरायल रोजगार प्रक्रियामा बजारमा भएको हल्ला जस्तो सजिलै आफ्नो मान्छे सेटिङ गरेर पठाउन सकिने अवस्था नभएको बिभागको दावी छ । 

सोमबार भाषा परीक्षा तीन तहको सुरक्षामा सम्पन्न भएको र बिभागले सबै केन्द्रबाट परीक्षार्थीहरुको कपी चिकित्सा शिक्षा आयोग सानोठिमीमा जिम्मा लगाएको ज्ञवालीले बताएका छन् ।


कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै १ लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । टिकटको मूल्य कम भएमा तोकिएको अनुमानित लागत भन्दा कममा इजरायल जान पाइने विभाले जनाएको छ । इजरायल रोजगारमा छानिएका कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस