२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले भन्यो ‘फ्री भिषा फ्री टिकट हो, कसैले पैसा मागेमा खबर गर्नुस्’

२०७८, ४ आश्विन सोमबार ११:१४

असोज ४, काठमाडौं । युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि अनधिकृत व्यक्तिलाई कुनै पनि शुल्क नबुझाउन एक म्यानपावर कम्पनीले अनुरोध गरेको छ । 

काठमाडौं गौशालामा रहेको देवान कन्सलट्यान्ट प्रा. लिले युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि 'फ्री भिषा फ्री टिकट' भएकोले कसैलाई पनि शुल्क नबुझाउन अनुरोध गरेको छ । डिमाण्डको अन्तर्वार्ता नहुँदै विभिन्न प्रलोभन देखाएर अवैध एजेन्टहरुले सोझा साझा युवाहरुबाट शुल्क माग्न थालेको गुनासो आएकोले सूचना जारी गरिएको कन्सलट्यान्टले जनाएको छ। 


"देवान कन्सलट्यान्ट मार्फत फ्रि भिषा, फ्रि टिकटमा वैदेशिक रोजगारमा जान चाहने इच्छुक र भिषा प्राप्त गरिसकेका व्यक्तिहरुले कसैसँग कुनै आर्थिक कारोबार नगर्नुहोला, यदि केही कुरा बुझ्न परेमा वा जानकारी लिन चाहेमा कम्पनीका आधिकारिक व्यक्तिलाई सम्पर्क गरी जानकारी लिनुहुन हार्दिक अनुरोध गर्दछौ ।" देवान कन्सलट्यान्टले जारी गरेको सूचनामा भनिएको छ । 

देवान कन्सलट्यान्टमा  युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीको डिमाण्ड रहेको तर अन्तर्वार्ताको समय निश्चित नभैसकेको अवस्थामा अनधिकृत व्यक्तिले आर्थिक चलखेल शुरु गरेकोले सूचना जारी गर्नुपरेको जनाएको छ । 

प्रकाश राज बर्तौला ९८५१०८५३२८, खगेन्द्र खतिवडा ९८०१२४७२४५,अनिल कुमार कर्ण ९८०१२४७२९९, नितेश आचार्य ९८०१२४७२२७, बाबुराम भुसाल ९८०२०६९५९६, प्रेम प्रसाद नेपाल ९८०१२४७२२५, सुमन रिजाल ९८०१२४७२९५ तथा ०१-४४६२४३१/ ०१४४६२४३२ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू