भदौ १, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसक"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

भोलिदेखि नेपालीहरुले आफ्नै जहाजमा दुबई उड्न पाउने

१ भाद्र २०७३, बुधबार ०५:१४

भदौ १, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसका लागि निगमले सबै तयारी पूरा गरेको बताएको छ ।

नेपालीको प्रमुख रोजगार गन्तव्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ । निगमले झण्डै चार वर्षपछि फेरि दुबई उडान सुरु गर्न लागेको हो 

एक सय ५८ सिट क्षमताको ए-३२० एयरबसमार्फत दुबईमा उडान भर्ने तयारी भएको छ । काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुने निगमले जनाएको छ ।

निगमले पाँच वर्षअघि दुबईमा हप्तामा चार उडान भर्ने गरेको थियो । नयाँ जहाज ल्याउन नसकिँरहदा भएका जहाज पनि ग्राउन्डेड हुने क्रम बढेपछि निगमले दुबइको उडान स्थगित गरेर बसेको थियो । 

नेपाल एयरलाइन्सले दुबई उडानबाट वाषिर्क एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । 

निगमकाअनुसार काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेटको हुन्छ । हवाइ यात्रा गर्दा दुबईबाट काठमाडौं आउन चार घन्टा १५ मिनेट समय लाग्छ । नेपाल एयरलाइन्सले अहिले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु