भदौ ३, काठमाडौँ । तेलको मूल्यमा आएको गिरावटसँगै श्रम बजारमा समस्या झेलिरहेको साउदी अरबमा रोजगारी गर्दै आएका आप्रवासी कामदारहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौँ । तेलको मूल्यमा आएको गिरावटसँगै श्रम बजारमा समस्या झेलिरहेको साउदी अरबमा रोजगारी गर्दै आएका आप्रवासी कामदारहर"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

साउदी सरकारले बिदेशी कामदारहरुका लागि गर्यो यस्तो कडा निर्णय

३ भाद्र २०७३, शुक्रबार १२:४२

भदौ ३, काठमाडौँ । तेलको मूल्यमा आएको गिरावटसँगै श्रम बजारमा समस्या झेलिरहेको साउदी अरबमा रोजगारी गर्दै आएका आप्रवासी कामदारहरुले थप कडाइको सामना गर्नुपर्ने भएको छ । उनीहरुले अब स्पोन्सर अर्थात रोजगारदाता कम्पनीसँग करार तोडेर सजिलै अन्यत्र काम गर्न नपाउने भएका छन् ।

रोजगारदातासँग करार तोडेको खण्डमा आप्रवासी कामदारले जरिवाना, निर्वासन र साउदीभित्र प्रवेशमा स्थायी प्रतिबन्धको समेत सामना गर्नुपर्ने कडा नियम लागू गरिएको हो ।

त्यहाँको राहदानी विभागले आफ्ना देशका नागरिकलाई पनि अपील गरेको छ कि उनीहरुले स्पोन्सर कम्पनीसँग सम्वन्ध तोडेका विदेशी कामदारहरुलाई कुनै काम नदिउन् । यदि त्यसो गरेको खण्डमा उनीहरुलाई भारी जरीवाना वा जेल सजायँ हुन सक्ने एजेन्सीहरुले जनाएका छन् ।

मानवअधिकारकर्मीहरुले भने साउदी सरकारको यस्तो निर्णयको विरोध गरेका छन् । कतिपय मानवअधिकार संगठनहरुले पहिले पनि स्पोन्सर कम्पनीसँग सम्वन्ध तोड्न नपाइने व्यवस्थालाई अन्त्य गर्नुपर्ने माग गरेका थिए । उनीहरुले यसलाई एक प्रकारको दासत्वको संज्ञा दिएका छन् ।

हाम्रा कामदारहरु खुशी छन्ः श्रम मन्त्री

साउदी सरकारको दाबी छ कि यो नियमले प्रवासी कामदारहरुलाई कुनै समस्या पर्ने छैन ।

साउदी अरबका श्रम मन्त्री मुफरेज अल हकबानीले आफ्नो देशमा काम गर्ने अधिकांश श्रमिकहरु खुशी रहेको बताए । उनी भन्छन्, ‘हामीकहाँ एक करोड विदेशी श्रमिकहरु खुशी साथ काम गरिरहेका छन्, एउटा-दुईटा कम्पनीले गल्ती गर्दैमा हाम्रो सिंगो श्रम बजारको राम्रो छवि धुमिल हुँदैन ।’

यद्यपि, हालै आएका खबरहरुले सरकारको मन्त्रीको दावीमा दम नभएको सावित गरिदिएका छन् । अगस्टको शुरुमा साउदी अरबमा करिब १० हजार भारतीयहरु फसिरहेको खबर आएको थियो । फसेका भारतीय श्रमिकहरुले धेरै महिनादेखि आफूहरुले मासिक तलव नपाएको गुनासो गरेका थिए । भारत सरकारले दवाव दिएपछि साउदी सरकारले उनीहरुमाथि ध्यान दियो ।

यस्तै अवस्था नेपाली कामदारहरुको हकमा पनि देखा परेको छ । त्यहाँ अभर परेका कामदारहरुको तत्काल उद्धार गर्न प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयमार्फत दूतावासलाई निर्देशन दिइसकेका छन् ।

त्यस्तै पाकिस्तानका कामदारहरुले पनि साउदीको दुरावस्थालाई लिएर गुनासो गरेका छन् । पाकिस्तानका श्रमिक सरदार नसीर भन्छन्, ‘त्यहाँको अवस्था एकदमै खराब छ । राम्रो खाना खान पाइँदैन । स्वास्थ्य र सफाइ पनि राम्रो छैन । कामदारहरु बिरामी हुँदा उपचार पाउन सक्दैनन् । किनकि उनीहरुसँग बिमा हुँदैन ।’

साउदी अरबमा विदेशी कामदारमाथि शोषण भइरहेको अन्तर्राष्ट्रिय मिडियामा समाचार आउने गरेको छ । कामदारहरुलाई सुरुमा भनिए अनुसारको काम नमिल्ने, कामको वातावरण राम्रो नहुने, कामदारको पासपोर्ट स्पोन्सर कम्पनीले कब्जा गर्नेलगायत समस्याहरु देखिने गरेका छन् ।

यद्यपि साउदीका श्रम मन्त्री हकबानीको भनाइमा अपवादका यस्ता घटनाहरुलाई लिएर सिंगो देशप्रति खराब धारणा बनाउनु मनासिन हुँदैन । उनी भन्छन्, ‘सबै विदेशी कामदारले गुनासो गरिरहेका छैनन् । एउटा कम्पनीका ३० हजार जनाले गरेको गुनासोलाई आम धारणाका रुपमा लिनु हुँदैन ।’स्रोत: अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…